टोकियो/जापान। जापानको तोत्तोरी प्रिफेक्चरको सानिन क्षेत्रमा यस वर्षको जाडो मौसमको पहिलो लटमा निकालिएको स्नो क्राब(जाडो महिनामा लोकप्रिय मानिने एक प्रकारको गंगटा) १५ लाख येनमा बिक्री भएको छ। यो यस वर्षको उच्च मूल्य हो ।

तोत्तरी सहरको तोत्तोरी बन्दरगाहमा भएको पहिलो लिलामी बिक्रीमा मत्स्य सहकारी तथा प्रशासनिक निकायका पदाधिकारीसहित करिब २०० जनाको सहभागिता रहेको थियो ।

हरेक वर्ष यस मौसममा संकलन गरिएका गंगटाहरुको पहिलो लटलाई बोलकबोल गरि लिलाम बिक्री गरिन्छ। सोहि क्रममा यस वर्ष पहिलो लटको १ किलोग्राम गंगटा १५ लाख येनमा बिक्री भएको बताईएको छ।

जापानमा,यस्ता वस्तुहरुको उत्पादन तथा संकलनमा संलग्नहरुको हौसला बढाउन बजारमा बिक्रीका लागि पठाइएका पहिलो लटका उत्पादनहरु चर्को मूल्यमा लिलाम बिक्री गर्ने चलन रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार