टोकियो/जापान। तमु धीं जापानले ३० औं ल्होसार साँझ २०२५ विभिन्न सांस्कृतिक कार्यक्रम सहित भब्य रुपले मनाउने भएको छ। मुप्ही ल्हो बर्गलाई बिदा र सप्रि ल्हो वर्गलाइ स्वागत गर्दै तमु धीं जापानले ३० औं लोसार मनाउन लागेको हो।
टोकियोको सिनागावा स्थित ‘हाना एसियन डाइनिङ्ग रेष्टुरेन्टको सभा हलमा तमु धीं जापानका पूर्व अध्यक्षहरु तथा बिशिष्ट पदाधिकारीहरु, बर्तमान कार्यसमितिका सम्पूर्ण पधाधिकारीहरु समिलित बैठकले आगामी (सप्रि ल्हो) बर्गको ल्होसार यहि जनवरी २ तारिक बिहीबारको दिन इकेगामी हलमा गर्ने निर्णय गरेको हो।
“प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ छ्या ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु“ अर्थात् “शास्त्र हराए, संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए मान्छे (जाति) नै हराउँछ ।“ भन्ने तमु (गुरुङ) समुदायको विश्वब्यापी मान्यतालाई आत्मासाथ गर्दै सदाझै लोसार मनाउना लागेको तमु धीं जापानका अध्यक्ष हिमाली गुरुङ्गले जानकारी दिइन् । तमु (गुरुङ) समुदायको महान् पर्व ल्होसार कार्यक्रम आयोजना सँगै आफ्नो जातीय संस्कृति, भेषभूषा र परम्पराको संरक्षण र सम्बर्द्वनमा टेवा पुग्ने समेत अध्यक्ष गुरुङले बताइन् ।
यसपटकको लोसारको लागि लम गुरु सन्दिप तमुको हातबाट रिपा लगाउने कार्यक्रम साथै श्रष्ठा सम्मानार्थ आमत्रित ब्याक्तित्व बरिष्ठ तमु चलचित्र कर्मी गम बहादुर तमु (गोरे दाइ) तथा नेपालबाट अमत्रित ख्यातिप्राप्त गायिका उषा तमुस्यो लगाएत स्थानिय कलाकार हरुको बेजोडको प्रस्तुति रहने निबर्तमान अध्यक्ष रमेश कुमार गुरुङले बताए। यो संगै कार्यक्रममा स्थानीय कलाकारहरुद्वारा तमु (गुरुङ)को मौलिक बाजागाजा सहितको नाच देखाएर मनोरंजन दिनेछन। साँस्कृतिक संयोजक केवल गुरुंङ्गका अनुसार समयको ख्याल गरि कम्तिमा ४ / ५ ओटा बिशेष मौलिक नृत्यले लोसार कार्यक्रमलाई बिशेष र मनोरंजन मुलक बनाउने बताए ।
ल्होसार कार्यक्रममा तमुहरुको रमाईलो जमघट सँगै स्वादिष्ट तमु परिकारको ब्यबस्था हुनेछन भने ‘कार्यक्रम बिहान १२ बजेदेखि ४ बजेसम्म हुने कार्यक्रम संयोजक तथा तमु धीं जापनका उपाध्यक्ष शोम माया गुरुङ ले जानकारी दिइन्। बैठक समापन पश्चात लम गुरु सन्दिप तमुलाई सम्मान गरिएको थियो।
साथै तमु धीं जापानले जापानका रहेका सम्पूर्ण तमु (गुरुङ) समुदाय र सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा आइदिन आग्रह समेत गरेको छ भने ग्रह शान्ति गर्नु परे ल्होसार कार्यक्रमको दिन ९ : ३० बजे नै उपस्थित हुन् सक्ने र लम गुरुबाट ग्रह शान्ति गर्न सक्ने समेत जानकारी दिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




