ओसाका/जापान। “रक्तदान जीवनदान” भन्ने नारालाई आत्मसाथ गर्दै ब्लु ब्वाइज युनियनले जापानको ओसाका स्थित क्योउबासीमा जापान रेडक्रस सोसाईटीसँग सहकार्य गरि आफ्ना सदस्यहरु र ओसाकामा रहेका  नेपालीहरुको  उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।

आगामी दिनमा पनि यस कार्यक्रमलाई संस्थाले निरन्तरता दिने ब्लु ब्वाइज युनियका सचिव प्रदिपराज खड्काले नेपालन्युजपोस्टलाई जानकारी  दिए।

हालै मात्र जापानको ओसाकामा केहि नेपाली युवाहरु मिलेर स्थापना गरेको यो संस्थाले यस अघि पनि विभिन्न किसिमका सामाजिक कामहरु गर्दै आइरहेको छ । आगामी दिनमा पनि  अन्य सामाजिक कामहरु  क्रमवद्ध रुपमा गर्दै अघि बढ्ने योजना रहेको पनि सचिब खड्का ले जानकारी दिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार