टोकियो/जापान। यस वर्ष जापानमा विदेशी पर्यटकहरुको बाढीनै आएको छ। जापानका कतिपय पर्यटकिय स्थलहरुमा ओभर टुरिज्मको समस्या समेत देखिएको छ।
पर्यटकहरुको आगमन उच्च मात्रामा बढिरहेको जापानको पर्यटनलाई अहिले एक फरक खालका पर्यटकको अन्तिम गन्तव्य बनेपछि थप चर्चामा पुगेको छ।
हालैका एक जना आगन्तुकले जापान आईपुग्नका लागि पृथ्वीको परिधिभन्दा पनि बढी यात्रा गरेका छन् । हालै एक यात्रुले हवाई जहाजको प्रयोग बिनानै डुङ्गा, रेल, ऊँट र हिचहाइकिंग गर्दै जापान आईपुगेर आफ्नो अनौठो यात्राको रेकर्ड बनाएका छन् ।
एक सामाजिक सञ्जाल सेलिब्रेटी ओमार नोक टी नामका यात्रुले इजिप्टबाट एक दर्जन देशहरूमा हुँदै विमानमा सवार बिनानै ४६,२३९ किलोमिटर दुरी पार गर्दै जापान आईपुगेका छन् । इन्स्टाग्राममा ७ लाख ५० हजार अनुयायी भएका ओमारको यो फरक यात्राको अन्तिम गन्तव्य बनेपछि जापानको अन्तर्राष्ट्रियस्तरमा थप चर्चा हुन थालेको छ।
“म सानै हुँदादेखि, यात्रा के हो भनेर बुझ्नु अघि, म जापान आउन चाहन्थें,” काइरो निवासी ३० वर्षीय नोकले टोकियोमा एक अन्तर्वार्तामा भने।
येनको तीव्र कमजोरीले जापानलाई सेप्टेम्बरसम्मको नौ महिनामा लगभग २७ मिलियन आगन्तुकहरूलाई आकर्षित गर्दै नयाँ किर्तिमानी बिन्दु पुगेको छ। यो जापानको लागि आर्थिक वरदान समेत बनेको छ। यो बिचमा पर्यटकहरूले ५.८६ ट्रिलियन येन खर्च गरेका छन् । नोक घर छोडेको २७४ दिनपछि नोभेम्बर ७ तारिख जापानको दक्षिणपश्चिमी सहर फुकुओकामा फेरी मार्फत आइपुगेका थिए । यदि उनि इजिप्टको कायरोबाट विमानमा सिधै आएका थिए भने लगभग १२ घण्टाजतिमा आईपुग्ने थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




