टोकियो/जापान। जापानमा नेपालीहरुको लगानीमा एसियन ब्रिज इन्टरनेश्नल स्कुल स्थापना गरिएको छ। जापानमा नेपालीहरुको जनसंख्या बढेसंगै आफ्ना बालबालिकाहरुलाई जापानमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन चाहने नेपाली अभिभावकहरुको संख्या पनि दिनप्रतिदिन बढ्दै गएको वर्तमान परिवेशलाई मध्यनजर गर्दै,नेपाली समुदायको लगानीमा नेपाली तथा अन्य एसियन समुदायका बालबालिका लक्षित अन्तर्राष्ट्रिय स्कुल संचालनमा ल्याइएको आईतबार टोकियोमा एक पत्रकार सम्मेलन आयोजना गरि जानकारी गराईएको हो।

जापानमा २ दशक बढि समय बिताइसकेका,इन्टरनेश्नल अटर्नी डा. बलराम श्रेष्ठको नेतृत्वमा ७० जना सेयर होल्डरहरुको लगानीमा आउँदो शैक्षिक सत्र सन २०२५ को अप्रिलबाट पठन-पाठन संचालन गर्नेगरि विद्यालयको सुरुवात गरिएको हो ।
जापानमा नेपाली समुदायको लगानीमा टोकियो,चिबा तथा आईची प्रिफेक्चर समेत गरि यस अघिनै ४ वटा स्कुलहरु संचालनमा रहेको भएतापनि नेपाली समुदायका बालवालिकाहरुको संख्या बढ्दोक्रममा रहेको र अन्तर्राष्ट्रिय स्कुलहरुमा भर्ना पाउनै कठिन हुने समस्या रहेकाले यो स्कुल संचालनमा ल्याइएको हो।
अध्यक्ष डा.श्रेष्ठका अनुसार जापानको राजधानी टोकियोको किताकु स्थित खामीनाखाजातोमा खोलिने स्कुलमा टोकियो तथा साईतामा प्रिफेक्चरमा बसोवास गर्ने बालबालिकाहरु समेतलाई आवात/जावत गर्न सहज हुनेछ।
स्कुलको व्यवस्थापन बोर्डमा अध्यक्ष डा. बलराम श्रेष्ठ रहेका छन् भने कार्यकारी सदस्यहरुमा दिनेश सिलवाल,दिनेश लोहनी,बिगेन राजकर्निकार र मनिराज सिलवाल रहेका छन् । त्यसैगरि स्कुलको एकाडेमिक डिरेक्टरमा दुर्गा पौड्याल रहेकी छन् ।
नेपाली पाठ्यक्रममा आधारित भइ पठन-पाठन हुने एसियन ब्रिजमा अन्तर्राष्ट्रिय मापदण्ड पुरा गरि,जापानमा रहेका नेपाली बालबालिकाहरुलाई जापान तथा नेपालमा मात्रै नभइ संसारको जुनसुकै मुलुकमा स्वतन्त्ररुपमा आफ्नो वृत्तिविकास गर्नसक्ने सैद्धान्तिक र व्यवहारिकरुपले सक्षम बनाउने प्रतिवद्धता गरिएको छ।

प्रारम्भिक चरनमा एसियन ब्रिजमा प्रिस्कुलदेखि ४ कक्षासम्मको पढाइ संचालन हुनेछ भने हरेक वर्ष बढाउँदै विश्वविद्यालयसम्म संचालन गर्ने योजना रहेको छ। अहिले आउँदो शैक्षिक सत्रकालागि विद्यार्थीहरु भर्ना कार्यक्रम संचालन भइरहेको छ। तपाई पनि आफ्ना नानीबाबुहरुलाई पढाउन चाहनुहुन्छ भने सम्पर्क गर्नुहोला।

विद्यालय व्यवस्थापन समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा,एनआरएनए जापानका अध्यक्ष नबिन निउरे,नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी,आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा सहित,जापानमा क्रियाशिल संचारकर्मीहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




