
टोकियो/जापान। जापानी स्टार्टअप प्रोमेडटेकले सोमबार घोषणा गरेअनुसार, सो कम्पनीले आनुवंशिक रूपमा इन्जिनियर गरिएको सुँगुरको मृगौला एक प्रजातीको बाँदरमा सफलतापूर्वक प्रत्यारोपण गरेको छ। जापानको स्वास्थ्य क्षेत्रमा यो पहिलो प्रयास हो, जसले भविष्यमा मानिसमा जनावरको मृगौलाको प्रत्यारोपण सम्भावनाको ढोका खोल्न सक्दछ।
आइतवार, जापानको खागोसिमा विश्वविद्यालयका हिसाशी सहारा र क्योतो प्रिफेक्चरल युनिभर्सिटी अफ मेडिसिनका मासायोशी ओकुमीको नेतृत्वमा अनुसन्धानकर्ताहरूको टोलीले सो सल्यक्रिया गरेको फर्मले जनाएको छ। जानकारी अनुसार ७ वर्षको पुरुष बाँदरमा प्रत्यारोपण गरिएको मृगौला साढे दुई महिनाको सुँगुरबाट लिइएको थियो। जसको जीनलाई भाइरस संक्रमण र रोग प्रतिरोधात्मक क्षमता कम हुने जोखिम घटाउन धेरै पटक सम्पादन गरिएको थियो।
सोमबार दिउँसो सम्म, बाँदर राम्रो अवस्थामा रहेको बताईएको छ। अनुसन्धानकर्ताहरूले जनाए अनुसार
मृगौला प्रत्यारोपण पछि उक्त बाँदरको स्वास्थ्य अवस्था राम्रो छ।
पहिलो पटक अमेरिकी बायोटेक स्टार्टअप ईजेनेसिसबाट आयात गरिएका सेलहरू प्रयोग गरेर पहिलो पटक तीनवटा क्लोन सुँगुरहरू उत्पादन गर्न सफल भएको मेइजी विश्वविद्यालयबाट बाहिरिएको कम्पनी प्रोमेडटेकले फेब्रुअरीदेखि कुल ३९ दाता सुँगुरहरू उत्पादन गरेको छ ।
आइतवार गरिएको,उक्त प्रत्यारोपण प्रकृयाकालागि, जापान एजेन्सी फर मेडिकल रिसर्च एण्ड डेभलपमेन्टले जनावरको अंगहरूको गुणस्तर, प्रभावकारिता र सुरक्षाको मूल्याङ्कन गर्ने परियोजनाको रूपमा समर्थन गरेको थियो। विश्वभर अंग दाताहरूको तीव्र अभावको बीचमा, तर विशेष गरी जापानमा, मृगौला समस्या भएका धेरै बिरामीहरूको लागि क्रस-प्रजाति प्रत्यारोपण एक व्यवहार्य विकल्प हुन सक्छ।
हाल, जापानमा १४ हजारभन्दा बढी मानिसहरू मृगौला प्रत्यारोपणको लागि पर्खिरहेका छन्। मानिसहरू मृगौला समस्याहरूको कारण डायलासिसमा छन्, जसले उनीहरूलाई हप्तामा तीन पटक चिकित्सा संस्थामा घन्टौं उपचार गराउनुपर्छ। यदि तिनीहरूले काम गर्ने मृगौला प्राप्त गर्न सके भने, तिनीहरूको जीवनको गुणस्तरमा उल्लेखनीय सुधार हुने विज्ञहरू बताउँछन् ।
संयुक्त राज्य अमेरिकामा भने यस अघिनै मस्तिष्क-मृत बिरामीहरू सहित धेरै मानिसहरूले सुँगुरका अंगहरू प्रत्यारोपण गरेका छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




