टोकियो/जापान। जापानको फुकुओकालाई कर्मथलो बनाउदै आएका गायक माधब सिग्देलले आफ्नो नयाँ गीत “भाग्यमानी सार्वजनिक  गरेका छन् ।

सिग्देलले नयाँ गीत आफ्नै अफिसियल युटूब च्यानल मार्फत सार्बजनिक गरेका हुन् । अर्जुन सुबेदीको शब्दसुर्यखड्काको लयमा रहेको गीतमा माधब सिग्देल कल्पना दाहालको आवाज रहेको छ। बिनोद बाजुरालीले एरेन्जगरेको गितमा भिडियो निर्देशन भने जीवन कुमार ज्ञवालीले गरेका छन् ।

गीतको भिडियोमा लोमस शर्मा र अस्मिता रनपालको नृत्य तथा अभिनय रहेको छ भने दुर्गा पौडेलको छायांकन नबिनघर्ति मगरको सम्पादन रहेको छ।

गीतको भिडियो

तनहुँ किहुँवारिकोटमा जन्मिएका हुन् सिग्देल घरदेशबाट टाढा रहेर कर्म गर्दै आफ्नो मौलिक गितसंगितको सिर्जनामा निरन्तर लागिरहेका छन् ।सिग्देलले विश्व भरि जहाँ भए पनी गितसंगीत प्रेमीलाई एक पकट गित  हेरेर सुनेर प्रतिक्रियादिन अनुरोध गरेका छन्।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार