टोकियो/जापान। जापानमा डेड दशकदेखि सामाजिक क्षेत्रमा क्रियाशिल अभियान्ता दीपक नेपाल सम्मानित भएका छन् ।

नेपाललाई गत नोभेम्बर ३० देखि डिसेम्बर १ तारिखसम्म नेपाली दूतावास जापान, गैरआवासीय नेपाली संघ जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानले टोकियोमा आयोजना गरेको १३ औँ नेपाल फेस्टिवलको अवसरमा सम्मान गरिएको हो।

माहमहिम राजदुतको हातबाट सम्मान-पत्र ग्रहण गर्दै

दीपक नेपाल जापान आयोजना हुने हरेक कार्यक्रमहरु सफल बनाउन आफ्नो दिलो ज्यानले लाग्ने गर्दछन् । नेपालले जापानमा आयोजना भएका हरेक नेपाल फेस्टिवलहरुमा पनि महत्वपूर्ण योगदान दिँदै आएका छन् । यस पटक नेपाललाई जापानको नेपाली समुदाय उनले निर्वाह गर्दै आएको सकारात्मक भूमिका एवं जापानमा रहेर नेपाल स्थित चितवनको चेपाङ समुदायको शिक्षाको क्षेत्रमा गरेको उत्कृष्ट योगदानको कदर गर्दै सम्मान गरिएको बताईएको छ ।

दीपक नेपाललाई प्रदान गरिएको सम्मानपत्र

नेपाली दुतावास जापानका महामहिम डा. दुर्गा बहादुर सुवेदी र एनआरएनए जापानका अध्यक्ष नवीन न्यूरेले नेपाललाई फेस्टिवलको मञ्चमा संयुक्त रुपमा सम्मान गरेका थिए। नेपाल फेस्टिवलको अवसरमा सम्मानित भए पश्चात उनले नेपालन्युजपोस्टसंग कुरा गर्दै भने-“यो जापानमा मेरो अभियानलाई प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण नेपालीहरुलाई गरिएको सम्मान हो । जापानको व्यस्तताका बाबजुद मैले गरेको समाजिक कर्मलाई मूल्यांकन गरिदिनुभएकोमा खुसी छु। मेरो यो प्रयास निरन्तर जारी रहनेछ।”

चितवनको रत्ननगरका स्थायी निवासी नेपाल लामो समय देखि रोजगारीको शिलशिलामा जापानमा रहँदै आएका छन् । यस अघि अघिल्लो वर्ष जापानको नागोयमा आयोजित नागोया नेपाल फेस्टिवलमा पनि नेपाललाई सम्मान गरिएको थियो। यो पनि हेर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार