टोकियो/जापान। जापानको राजधानी टोकियोको सिन्जुकु वार्डको ओकुबो पार्क नजिकैबाट जनवरीदेखि गत नोभेम्बरसम्म कुल ८८ जना महिला तथा किशोरीहरुलाई वेश्यावृत्तिमा संलग्न भएको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी विभागले जनाएको छ।

जापानमा कायम वेश्यावृत्ति विरोधी कानून अन्तर्गत गरिएका गिरफ्तार गरिएको बताईएको छ। जापानको राजधानी टोकियोका कतिपय स्थानहरुमा यस्ता वेश्यावृतिमा संलग्न हुनेहरुको जमात बढिरहेको पछिल्ला घटनाहरुले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ ।

प्रहरी अधिकारीहरूले १६/१७ वर्षका किशोरीहरु वेश्यावृतिमा संलग्न हुने समस्याग्रस्त प्रवृत्तिलाई विशेषरुपुी लिएको छ। स्थानीय सरकारहरूसँग मिलेर त्यस्ता गतिविधि रोक्न गस्तीलाई तीब्र पारिरहेको बताईएको छ।

गत वर्षको सोही अवधिमा ति स्थानहरुबाट १३५ जना महिला तथा किशोरीहरु पक्राउ परेकोमा प्रहरीको कडा निगरानीका कारण यो वर्ष भने केहि मात्रामा घटेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार