टोकियो/जापान। जापानको शिजुओका प्रिफेक्चरल सरकारले शुक्रबार एक मस्यौदा अध्यादेशको रूपरेखा सार्वजनिक गर्‍यो जसमा अर्को गर्मि मौसमदेखि सिजुओका प्रिफेक्चरबाट माउन्ट फुजी आरोहण गर्नेहरूबाट प्रति व्यक्ति  ४ हजार येन संकलन गर्ने प्रस्ताव गरिएको छ।

जापानको सबैभन्दा अग्लो हिमालको प्रवेश शुल्कको प्रस्ताव, प्रिफेक्चरल सभाको संस्कृति तथा पर्यटन समितिमा पेश गरिएको हो । पछिल्ला वर्षहरुमा माउन्ट फुजी आरोहण गर्नेहरुको भीडभाड अत्याधिक बढेपछि मानिसहरुको आवागमन कम गर्न तथा माउन्टफुजीको सुरक्षा तथा सरसफाईका लागि चर्को शुल्क निर्धारण गर्ने प्रस्ताव पेश गरिएको हो ।

३ हजार ७ सय ७६ मिटर अग्लो हिमाल आरोहण गर्न सक्ने गरी छिमेकी यामनशी प्रान्तसँग समायोजन गरी आगामी फेब्रुअरीदेखी सुरु हुने प्रदेशसभाको बैठकमा अध्यादेशको मस्यौदा पेस गर्ने प्रादेशिक सरकारको लक्ष्य रहेको छ ।

अध्यादेशको मस्यौदा अनुसार प्रस्तावित शुल्क हिमालको सिजुओका तर्फको फुजिनोमिया, गोतेम्बा र सुबासिरी ट्रेलको पाँचौं स्टेशनबाट लिइनेछ । आम्दानी सम्बन्धित नियमहरू र सुरक्षा उपायहरू लागू गर्न खर्च गरिनेछ।

यदि यो प्रस्ताव पास भएमा शिजुओका प्रिफेक्चरल सरकारले प्रति व्यक्ति येन १,००० स्वैच्छिकरुपमा लिँदै आएको शुल्क खारेज गर्नेछ।यस वर्षको गर्मी मौसमबाट , यामानाशी प्रिफेक्चरल सरकारले माउन्ट फुजीमा प्रवेशलाई नियमन गर्न थालेको थियो। यामानासी प्रिफेक्चर भएक फुजी आरोहरण गर्ने व्यक्तिहरुले प्रतिव्यक्ति २ हजार येन प्रवेश शुल्क र दैनिक ४ हजार जना पर्वतारोहीहरूको सीमा प्रस्तुत गरेको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार