टोकियो/जापान। जापानको राजधानी टोकियोमा यस वर्ष अहिले सम्मको डेटामा घरायसी आगलागीका कारण ७२ जनाको मृत्यु भएको छ। यो संख्या पछिल्लो १० वर्षमा सबैभन्दा धेरै हो। टोकियो दमकल विभागका अनुसार आगलागीका प्रमुख कारणहरूमा “चुरोटको बेवास्ता”, “हीटर वा स्टोभको गलत प्रयोग” जस्ता दैनिक जीवनका लापरवाहीहरू रहेका छन्।

विशेषज्ञहरूका अनुसार जाडो मौसममा सुक्खा वातावरण र तताउने उपकरणहरूको प्रयोग बढ्ने भएकाले आगलागीको जोखिम बढी हुन्छ। मृतकमध्ये धेरैजसो वृद्धहरू रहेका छन्, जसमा एक्लो जीवन बिताउने र आगलागी हुँदा छिटो भाग्न नसक्ने समस्याहरू देखिएका छन्।

आगलागीबाट बच्न टोकियो दमकल विभागले निम्न कुरामा ध्यान दिन सुझाव दिएको छ।
स्टोभ वा हीटरको नजिक जलन हुने वस्तु नराख्ने।चुरोटलाई पूर्ण रूपमा निभाएर मात्र फ्याँक्ने।
घरमा जडान गरिएको धुवाँ चेतावनी यन्त्र (स्मोक अलार्म) समय-समयमा जाँच गर्ने।
आगामी दिनमा टोकियो प्रशासनले स्थानीय तहमा आगलागी रोकथाम तालिमहरू सञ्चालन गर्ने र वृद्धहरूका लागि विशेष सहायता कार्यक्रम लागू गर्ने योजना बनाएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार