टोकियो/जापान। जापानका प्रभावशाली पत्रकार चुनेओ वातानानेको ९८ वर्षको उमेरमा निधन भएको छ।

जापानको प्रमुख दैनिक समाचार पत्रिका “योमिउरी शिनबुन”का पूर्व अध्यक्ष र प्रधान सम्पादक समेत रहेका वातानाबेको ९८ वर्षको उमेरमा निमोनियाँका कारण निधन भएको उनको कम्पनीले जनाएको छ ।

सन १९२६ मा जापानको टोकियोमा जन्मिएका वातानावेले जापानको मिडिया क्षेत्रमा ठूलो प्रभाव पारेका थिए।सन १९५० को दशकमा पत्रकारिता क्षेत्रमा कदम राखेका उनि जापानको अत्यन्तै प्रभावशाली पत्रकारका रुपमा चिनिन्थे।

उनले सन १९८० को दशकमा “योमिउरी शिनबुन” को प्रमुख भएर काम गर्दा यो पत्रिका जापानको सबैभन्दा ठूलो दैनिक समाचार पत्रिका बनेको थियो।भनिन्छ, उनले मिडिया र समाचारलाई एक शक्तिशाली सामाजिक र राजनीतिक उपकरणको रूपमा प्रयोग गरेका थिए, जसले जापानी समाज र राजनीतिमा ठूलो प्रभाव छोडेको थियो।

वातानाबेले जापानी मिडिया उद्योगमा आधुनिकरणको प्रक्रिया अघि बढाए, जसको कारण सेन्सरसिप र सरकारको नियन्त्रणलाई चुनौती दिँदै पत्रकारिता अझ स्वतन्त्र र विविध भएको बताईन्छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार