क्योतो/जापान। जापानमा अध्ययन गरिरहेका ६ जना नेपाली विद्यार्थीहरूलाई रेलवे प्रणालीमा अनियमितता गरेको आरोपमा कारबाहीका लागि प्रकृया अघि बढाईएको जापानी संचार माध्यमहरुले जनाएका छन् ।
उनीहरूले रेलवे स्टेसनको गेट (改札口) अवैध रूपमा पार गरेको र छोटो दूरीको टिकट प्रयोग गरी लामो दूरीको यात्रा गरेको आशंका गरिएको छ।
स्थानीय प्रहरीका अनुसार, ती विद्यार्थीहरूले आफ्नो दैनिक यातायात खर्च कटौती गरी बचत गरिएको रकमलाई अन्य व्यक्तिगत खर्चको लागि प्रयोग गर्ने उद्देश्यले यस्तो कार्य गरेका थिए। यो घटना क्योतो क्षेत्रका विभिन्न रेलवे स्टेसनहरूमा फेला परेको हो।
प्रहरीले बताएको छ कि उनीहरूले टिकटबिना गेट पार गर्ने वा छोटो दूरीको सस्तो टिकट किनेर त्यसलाई लामो दूरीको यात्रा गर्न प्रयोग गरेका थिए। यस किसिमको कार्य जापानको रेलवे नियमहरूको गम्भीर उल्लङ्घन हो।
एक विद्यार्थीले प्रहरीलाई दिएको बयानमा भनेका छन्, “हामीलाई आर्थिक समस्या थियो। हाम्रो कमाइ र खर्च बीच तालमेल मिलाउन नसकेर यस्तो गर्न बाध्य भयौं।”
जापानमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूले अध्ययनसँगै काम गरेर आफ्नो खर्च धान्ने गरेका छन्। तर, जीवनयापनको उच्च लागत र आर्थिक दबाबका कारण यस्ता घटनाहरू बढ्ने गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रहरीले सबैलाई कानूनको पालना गर्न र यातायातमा अनियमितता नगर्न आग्रह गरेको छ। दोषी ठहरिएमा ती विद्यार्थीहरूलाई जरिवाना र जापानमा अध्ययन तथा बसोबासमा समस्या उत्पन्न हुन सक्ने चेतावनीसमेत दिइएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




