टोकियो/जापान। शुक्रबार जारी एक सरकारी सर्वेक्षणले देखाए अनुसार जापानमा ७८.२ प्रतिशत मानिसहरु चिन्तित महसुस गर्ने गर्दछन् । सरकारले सन १९८१ बाट सुरु गरेको यस्तो वार्षिक सर्वेक्षणमा यति धेरै मानिसहरुले चिन्ता व्यक्त गरेको यो पहिलो पटक हो ।

यस सर्वेक्षणमा अनलाईन मार्फत ३ हजार मानिसहरुले सहभागिता जनाएका थिए, जसमा उनीहरूले आर्थिक स्थिति, भविष्यको अनिश्चितता, र सामाजिक सम्बन्धका समस्या लगायतका विषयमा आफ्नो भावना व्यक्त गरेका थिए।

मन्त्रिपरिषद् कार्यालयले जनजीवनका बारेमा गरेको जनमत सर्वेक्षणले पनि २८.१% उत्तरदाताले आफ्नो जीवनस्तर आम जनताको निम्न -मध्यम वर्गमा रहेको ठान्ने बताएका थिए। जुन ३५ वर्षयताकै उच्च स्तर हो, जबकि ४६.७%ले मध्यम उत्तर दिएका थिए, १४.२ % ले उच्च मध्यम , ८.७%ले कमजोर र १.७% ले उच्च रहेको जवाफ दिएका थिए।

सर्वेक्षण अनुसार मानिसहरू आफ्नो स्वास्थ्यको बारेमा सबैभन्दा बढी चिन्ता गर्छन् । सबै उत्तरदाताहरूमध्ये ६३.८ प्रतिशत मानिसहरुले स्वास्थ्य बारे चिन्तित हुने बताएका थिए। त्यसपछि ६२.८ प्रतिशतले सेवानिवृत्ति पछिको आफ्नो जीवनको बारेमा चिन्ता व्यक्त गरेका थिए भने ५८ प्रतिशतले भविष्यको आर्थिक अवस्था तथा सम्पत्तिबारेमा चिन्ता लाग्ने बताएका थिए।

यसैबीच ६४.५ प्रतिशत उत्तरदाताहरुले आफ्नो आम्दानी तथा आर्थिक अवस्थाप्रति असन्तुष्ट रहेको भन्दै चिन्तित हुने भावना ब्यक्त गरेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार