टोकियो/जापान। जापानमा नयाँ वर्षको बिदा सुरु भइसकेको छ। यो वर्ष पनि रेलवे स्टेशन र देशभरका विमानस्थल नयाँ वर्ष र वर्षअन्तको बिदा मनाउन घर फर्किने यात्रुहरूले खचाखच भरिएका छन् । तपाई पनि घुमघाममा लाग्नुभयो कि ?

पूर्वी जापान रेलवे कम्पनीका अनुसार आईतबार बिहानसम्म होकुरिकु शिन्कान्सेनका टोकियोबाट कानाजावातर्फ जाने आरक्षित नभएका रेलहरु १२०% यात्रु क्षमतामा सञ्चालन भइरहेका थिए। तोहोकु र जोएचु शिन्कान्सेन लाइनहरूमा ८०% देखि ९०% क्षमतामा संचालन भएका थिए।

सेन्ट्रल जापान रेलवे कम्पनीले डिसेम्बर २७ देखि जनवरी ५ सम्म तोकाइदो शिन्कान्सेनको नोजोमी ट्रेनका सबै सिटहरू आरक्षित मात्र बनाएको छ। शनिबार र आईतबार बिहान टोकियोबाट बाहिरिने ट्रेनहरू लगभग भरिएका थिए।

टोकियोको हानेदा विमानस्थलबाट उड्ने घरेलु उडानहरू पनि लगभग पूर्ण रूपमा भरिएका थिए। सोमबारसम्म, ANA, JAL र तिनि मताहतका सबै एयरलाइन्सका लागि वर्षअन्त र नयाँ वर्षको बिदाका लागि घरेलु र अन्तर्राष्ट्रिय उडानहरूको आरक्षण गत वर्षको तुलनामा लगभग १०% देखि २०% ले बढेको बताईएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार