टोकियो/जापान। नयाँ वर्षको पहिलो तीन दिनमा मोची खाँदा घाँटीमा अड्किएपछि, जापानको राजधानी टोकियोमा ९ जना मानिसहरु अस्पताल भर्ना भएका छन्। तीमध्ये हालसम्म २ जनाको मृत्यु भएको बताईएको छ।

टोकियो फायर डिपार्टमेन्टका अनुसार, अस्पताल लगिएका ९ जनाको उमेर ७३ देखि ८४ वर्षको थियो। जनवरी १ को दिउँसो १२:३० बजेपछि इताबाशी वार्डमा आफ्नै घरमा मोची खाँदै गर्दा ७० वर्षको एक पुरुषलाई समस्या भएपछि उनको परिवारले ११९ नम्बरमा सम्पर्क गरेको थियो। उनलाई अस्पताल लगिएको थियो, जहाँ उनको मृत्यु पुष्टि गरियो। दोस्रो मृत्युको घटना नेरिमा वार्डका ८० वर्षको पुरुषको थियो।

स्वास्थ्य अधिकारीहरूले मोची खाँदा हुने दुर्घटनाबाट जोगिनका लागि सतर्कता अपनाउन आग्रह गरेका छन्। जस्तै, मोची खानु अघि घाँटी भिजाउनका लागि चिया वा सुप पिउनु, मोचीलाई साना टुक्रामा काटेर सजिलै खान मिल्ने बनाएर खानु, छिटो ननिल्नु, र राम्ररी चपाएर मात्र निल्नु जस्ता सुझावहरु दिएका छन्।

नयाँ वर्षको परम्परागत परिकार मोची खाँदा जापानमा हरेक वर्ष थुप्रै मानिसहरु बिरामी हुने गर्छन् भने केहि व्यक्तिहरुको ज्यानै गरेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार