टोकियो/जापान। जापानमा सन् २०२४ मा रामेन पसलहरु ऐतिहासिक उच्च संख्यामा बन्द भएको एक अध्ययनले देखाएको छ। एक अनुसन्धान फर्मका अनुसार,खाद्य पदार्थको किफायती छवि कायम गर्नुपर्ने भएकाले मूल्य बढाउन सकिने ठाउँ सीमित भएको र सामग्री तथा समग्र लागत आकासिएपछि यस्तो अवस्था आएको हो।

श्रम अभावका कारण श्रमिक खर्च बढ्नुले पनि प्रभाव पारेको बताईएको छ। सन २०२४ मा कम्तीमा १ करोड येनको लगानी सहित रामेन व्यवसाय सञ्चालन गर्ने ७२ कम्पनीहरुले टाट पल्टिएको घोषणा गरेका थिए। अनुसंधान फर्म तेइकोकु डेटाबैंकका अनुसार यो सन २०२३ को तुलनामा ३० प्रतिशतले वृद्धि भएको हो ।

जापानी रामेनहरु प्राय: मासु, तरकारी र सुपसँग मिसाएर बनाइन्छ। अन्य सबै कच्चा पदार्थ तथा श्रम लागत बढाएपनि सजिलै मूल्य बढाउन सक्ने ठाउँ नहुँदा नाफा घट्दै गएको र टाट पल्टिनेहरुको संख्या बढेको बताईएको छ।

जापानका रामेन पसलहरु सस्तो,छिटो र मिठो खानाको परिकार प्रदान गर्ने रेस्टुरेन्टका रुपमा परिचित भएकाले लागत अनुसार मूल्य बढाउँदा ग्राहकहरुमा नकारात्मक असर पर्ने र मूल्य नबढाउने हो भने संचालन गर्न कठिनाई भएको संचालकहरुको भनाई रहेको छ।

अहिले कतिपय रामेन पसल संचालन गर्ने कम्पनीहरुलो अन्य विकल्प खोज्न थालेको अनुसन्धानले देखाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार