ओसाका/जापान । जापानको ओसाकामा “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” हुने भएको छ । गैरआवसिय नेपाली संघ एनआरएन जापान,कान्साईको आयोजना तथा जापानमा रहेका अन्य नेपाली सामाजिक संघ संस्थाको सह-आयोजनामा बृहत रुपमा फेष्टिवल आउँदो अप्रील २६ र २७ तारिक २ दिन ओसाकाको क्योवासी, फुलाली पार्कमा आयोजना गर्न लागिएको हो ।
बिहिबार एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै एनआरएन कान्साईले फेष्टिवल आयोजना बारे कान्साईमा रहेका नेपाली संघ संस्थाहरु संग छलफल गरेको हो । फेष्टिवलको हाल सम्म भएको कार्य प्रगति तथा भावि कार्यक्रमका सम्बन्धमा मूल आयोजक कमिटी संयोजक तथा एनआरएन जापानका उपाध्यक्ष कृष्ण गैरेले जानकारी गराएका थिए भने कार्यक्रमको व्यवस्थापकिय पाटो बारे व्यवस्थापन समिति संयोजक नरेन्द्र कुमार बस्नेत दिनेशले बताएका थिए ।
मूल आयोजक समिति अन्तर्गत विभिन्न ११ वटा उपसमितिहरु समेत गठन भएका छन् जसमा तुलसीराम खरेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन समिति सहित स्टल व्यवस्थापन समितिको संयोजक महेश कुमार कटवाल, खाद्य गुणस्तर मापन समितिको संयोजक टिकाराम कडेंल, सांस्कृतीक तथा झाँकी व्यवस्थापन समितिको संयोजक टिआर गौडेल, सुरक्षा तथा स्वयम सेवक व्यवस्थापन समितिको संयोजक भीम काउछा, प्रचार प्रसार समितिको संयोजक तेज गुरुङ, मिडिया व्यवस्थापन समितिको संयोजक पुरुषोत्तम लामिछाने, यातायात व्यवस्थापन समितिको संयोजक सुवाष कडेल, संघ संस्था समन्वय समितिको संयोजक हरि कडेल, फुलमाला ब्याज व्यवस्थापन समितिको संयोजक सपना डल्लकोटी, अतिथि व्यवस्थापन समितिको संयोजक हरिराज ढकाल रहेको संयोजक गैरेले जानकारी दिए ।
छलफल कार्यक्रममा फेष्टिवल सम्पन्न गर्नका लागि सहभागि वक्ताहरुले सल्लाह तथा सुझाव दिएका थिए ।एनआरएन कान्साईका पूर्व संयोजकहरु हरिराज ढकाल, समाजसेवीहरु रमेशबाबु घिमिरे, सुनिल केसी, लाक्पा दोङ, तेज गुरुङ, कृष्ण भुषाल, बल बहादुर क्षेत्री, पत्रकार पुरुषोत्तम लामिछाने, झरेन्द्र कुमार कुवर लगाएतका वक्ताहरुले आफ्नो धारणा राखेका थिए।
एनआरएनए क्षेत्रीय समिति कान्साईको सन २०२४ डिसेम्बर ११ र १६ तारीख़का दिन संरक्षक, सल्लाहकार समिति तथा एनआरएनए कान्साई कार्यसमितिको संयुक्त रुपमा बसेको बैठकबाट मिति २०२५ अप्रिल २६ र २७ तारिक नेपालको कलासंस्कृति भेषभूषालाई जापानमा परिचित गराउँदै नेपालको पर्यटन क्षेत्रमा टेवा पूर्याउने उद्देश्यका साथ ऐतिहासिक “प्रथम नेपाल फेस्टिवल कान्साई २०२५” गर्ने निर्णय गरेको थियो ।
फेस्टिवल लाई भब्य र सभ्यरुपमा सफल पार्न एनआरएनए जापानका उपाध्यक्ष कृष्ण शर्मा गैरे मूल आयोजक समिति संयोजक र एनआरएनए जापान विशेषज्ञ समिति सदस्य नरेन्द्र कुमार बस्नेत दिनेश व्यवस्थापन समितिको संयोजक रहने गरी मूल आयोजक समिति गठन गरी कार्य अगाडी बढाएको एनआरएन कान्साईका संयोजक हरि कडेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




