टोकियो/जापान। जापानमा पछिल्ला केहि समयता बढेको लुटपाट तथा चोरीका घटनाहरुलाई न्युनिकरण गर्न,टोकियो महानगरले सेक्युरिटी क्यामराहरु जडान गर्ने घरपरिवारलाई आर्थिक सहयोग गर्ने योजना बनाएको छ।

यामी बाईतो भनेर चिनिले गैरकानुनी काम गर्नेहरुबाट जापानको टिकियो,चिवा,साईतामा तथा खानागावा लगायतका प्रिफेक्चरका विभिन्न निजी घरहरुमा विगत केहि समय अघिदेखि श्रृंखलाबद्ध लुटपाट तथा चोरीका घटनाहरु बढेको छ। यस्ता डकैत रोक्नका लागि केन्द्रिय सरकार तथा स्थानीय प्रहरीहरुले हदैसम्मको सतर्कता  अप्नाएका छन् ।

यसैबिच,टोकियो महानगरले टोकियोमा बसोबास गर्नेहरुलाई यहि आउँदो नयाँ आर्थिक वर्षबाट सिसि क्यामेरा तथा इन्टरकम लगायतका सुरक्षा उपकरणहरु जडान गर्ने घरपरिवारलाई अधिकतम २० हजार येनसम्म आर्थिक साहयता प्रदान गर्ने योजना बनाएको एनएचकेले खबरमा जनाएको छ।

टोकियो महानगर यतिखेर नयाँ आर्थिक वर्ष को बजेट योजनामा समावेश हुने विभिन्न योजनाहरूको बारेमा मूल्यांकन गरिरहेको छ। यसैक्रममा १६ तारिख  विपद् व्यवस्थापन र सुरक्षा उपायहरूबारे छलफल गरिएको थियो।छलफलको परिणामस्वरूप, “闇バイト” (अवैध काम) बाट हुने डकैती जस्ता अपराधहरूको श्रृंखलाबद्ध घटनालाई मध्यनजर गर्दै, नयाँ आर्थिक वर्षदेखि व्यक्तिगत घरहरूको सुरक्षालाई बलियो बनाउने उद्देश्यले सुरक्षा उपकरणहरू खरिद गर्नका लागि आर्थिक साहयता प्रदान गर्ने बताईएको हो । यस योजनाका लागि
४७ अर्ब येनको बजेट छुट्याइएको छ।

साथै, सामाजिक संजालहरुमा यामी बाईको “闇バイト” सम्बन्धी पोस्टहरू भएको  कि छैनन् भनेर एआईको माध्यमबाट अनुगमन गर्नका लागि १ अर्ब येनको बजेट पनि विनियोजन गरिएको छ।
टोकियो महानगरले यस बजेट योजनालाई जनवरीको अन्त्यसम्म सार्वजनिक गर्ने योजना बनाएको छ, र त्यसपछि यसलाई विधानसभाबाट पारित गराउने प्रयास गरिनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार