टोकियो/जापान । जापानको मूख्य मध्येको एक कन्विनिएंस स्टोर सेभेन-इलेभेन संचालक कम्पनीले आफ्ना कन्विनिएंस स्टोरहरूको सुरक्षा थप बलियो बनाउने योजना अघि सारेको छ। गम्भीर श्रमिक अभावका कारण धेरै स्टोरहरू रातभर एक्लो कर्मचारीले सञ्चालन गर्नुपरिरहेको अवस्थालाई सम्बोधन गर्न यस्तो कदम चालिएको हो।
नयाँ सुरक्षा प्रणालीअन्तर्गत, स्टोरको प्रवेशद्वारमा ग्राहक आएको सेन्सरले पत्ता लगाएपछि, कर्मचारीले रिमोट कन्ट्रोलको सहायताले ग्राहकलाई भित्र प्रवेश गर्न अनुमति दिनेछन्।
जापानभरका कन्विनिएंस स्टोरहरूले श्रमिक अभाव र उच्च तलबवृद्धिको समस्यासँग संघर्ष गरिरहेका छन्। यसले गर्दा धेरै स्टोरहरू रातको समयमा एक वा दुई जना कर्मचारीले मात्र सञ्चालन गर्नुपरेको छ। यस्ता अवस्थामा यी स्टोरहरू डकैती र आक्रमणको प्रमुख लक्ष्य बन्न सक्ने जोखिम रहँदै आएको छ। साथै, आपतकालीन अवस्थाहरूमा जस्तै विपद् आउँदा वा कर्मचारीको स्वास्थ्य बिग्रँदा स्टोरनै बन्द गर्नुपर्ने परिस्थितिहरु समेत सिर्जना हुने गरेको छ।
सेभेन-इलेभेन सञ्चालन गर्ने कम्पनी सेभेन एन्ड आई होल्डिंग जापानले यो प्रणाली केही स्टोरहरूमा परीक्षणका रूपमा जडान गरिसकेको छ। आउँदो मे महिनाबाट यसलाई थप स्टोरहरूमा विस्तार गर्ने योजना रहेको छ।
यसका साथै कम्पनीले क्यास काउन्टरमा सुरक्षाका लागि पारदर्शी बारहरु पनि राख्नेछ, जसले सम्भावित हिंसाबाट कर्मचारीलाई बचाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
पछिल्ला केही वर्षहरूमा कन्विनिएंस स्टोरहरू एकल कर्मचारीद्वारा सञ्चालन गरिनु सेवा क्षेत्रको ठूलो सामाजिक समस्या बनेको छ। सुकिया जस्ता फ्रान्चाइजहरूले पनि कर्मचारी कल्याणका लागि व्यवसाय समय घटाउनुपरेको छ।
कन्विनिएंस स्टोर उद्योगमा स्थिति थप जटिल छ, किनभने धेरै ब्रान्डहरूले २४-घण्टे सञ्चालन प्रणाली अपनाएका छन्। यसको कारण, सहयोगी नभएको समयमा स्टोर मालिकहरू आफैंले सञ्चालन गर्नुपरेको छ।नयाँ सुरक्षा प्रणाली लागू गरेपछि पनि, सेभेन-इलेभेनले रातको ११ बजेदेखि बिहान ७ बजेसम्म मात्र एकजना कर्मचारीले स्टोर सञ्चालन गर्न अनुमति दिने योजना बनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




