टोकियो/जापान। जापान अटोमोबाइल वर्कर्स यूनियन (JAW) ले यस वसन्तमा हुने श्रमिक-व्यवस्थापन वार्तामा एक वर्षमा पाँच दिनको थप बिदा माग गर्ने निर्णय गरेको छ।
अधिकांश अटोमोबाइल र अटो पार्ट्स उत्पादकहरूले कर्मचारीहरूलाई सप्ताहन्तसहित वार्षिक १२१ दिनको बिदा दिन्छन्, जुन अन्य उद्योग र सार्वजनिक सेवामा काम गर्नेहरूको झन्डै १२५ दिन हुने गर्दछ।
७, ८०,००० सदस्य श्रमिक रहेको अटोमोबाईल वर्कर्स युनियनले तलब मात्र नभई अन्य कार्यस्थलका अवस्थाहरूमा पनि सुधारको माग गर्ने योजना बनाएको छ।संघका अध्यक्ष आकिहिरो खानेकोले चिन्ता व्यक्त गर्दै भनेका छन्, “यदि यो अवस्थालाई वेवास्ता गरियो भने हाम्रा उद्योगहरूको आकर्षण घट्न सक्छ।”
उत्पादन दक्षता बढाउनका लागि, ठूला अटोमोबाइल निर्माताहरूले धेरै सार्वजनिक बिदालाई काम गर्ने दिनका रूपमा तोक्ने गर्दछन् ।अटो पार्ट्स उत्पादकहरूले पनि अटोमोबाइल निर्माताहरूको नीतिअनुसार काम गर्ने र बिदा दिने दिनहरू तोक्ने गरेका छन् ।
हालका वर्षहरूमा अटोमोबाइल उद्योगमा काम नगर्ने दिनहरूको संख्या बढेको छैन, किनकि अटोमोबाइल निर्माताहरू र अटो पार्ट्स उत्पादकहरूले नयाँ थप गरिएका सार्वजनिक बिदाको सट्टामा छुट्टै बिदा दिन थालेका छैनन्।अन्य क्षेत्रहरू भन्दा कम बिदा दिने अटोमोबाइल उद्योग नयाँ कामदारहरूको भर्तीमा पछि परेको छ।
जापानका १६ वटा राष्ट्रिय बिदामध्ये, अटोमोबाईल वर्कर्स युनियनले सेइजिन नो हि, र केइरोनो हिलाई बिदाको दिनका रूपमा तोक्न माग गर्ने योजना बनाएको छ। यी दुई सार्वजनिक बिदाहरू क्रमशः जनवरीको दोस्रो सोमबार र सेप्टेम्बरको तेस्रो सोमबार पर्दछन्।
जापान अटोमोबाईल वर्कर्स युनियनले सन १९९५ यता पहिलो पटक बिदाको दिनहरू थप गर्न माग गरेको हो। त्यसबेला अटोमोबाइल उद्योगमा वार्षिक १२१ दिन बिदाको मानकका रूपमा तोकिएको थियो।
सदस्य यूनियनहरूले फेब्रुअरी १२ सम्म आफ्नो माग तयार गरी व्यवस्थापनलाई बुझाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




