टोकियो/जापान । महिलाहरूको अधिकार, सशक्तिकरण, र नेपाली समाजमा नारीहरूको भूमिकालाई उजागर गर्ने उद्देश्यले आगामी मार्च ८ (शनिवार) का दिन एनआरएनए जापान र साहित्य चौतारी नेपाल, जापान शाखाको संयुक्त आयोजनामा “नारी सशक्तिकरण र साहित्य प्रवर्द्धनको अभियान” नाराका साथ -“महिला सशक्तिकरण,साहित्य र नेपाली समाजमा नारीको भूमिका”नामक  कार्यक्रम आयोजना हुने भएको छ।

नारी  दिवसको अवसरमा आयोजना गरिने यस कार्यक्रममार्फत नेपाली समुदायका महिलाहरूलाई साहित्यिक तथा सामाजिक गतिविधिमा संलग्न गराउने, उनीहरूको सशक्तिकरणका विषयमा गहन छलफल गर्ने, र नेपाली समाजमा महिलाको योगदानबारे चर्चा गरिनेछ।

एनआरएनए जापान तथा साहित्य चौतारी नेपाल, जापान शाखाले यस कार्यक्रममा जापानमा रहेका नेपाली समुदायका सबैलाई सहभागी हुन हार्दिक निमन्त्रणा गरेका छन्।नारी दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी भई नेपाली महिलाहरूको सशक्तिकरण र साहित्य प्रवर्द्धन अभियानलाई साथ दिन  सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गरिएको छ।

कार्यक्रम विवरण:
मिति: २०२५ मार्च ८ (शनिवार)
समय: दिउँसो १:०० बजेबाट
स्थान: सिनोकोवु सोलमारी मुरा हल, टोकियो

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार