टोकियो/जापान । कास्की पोखरा समाज जापानको छैठौं अधिवेशन तथा पहिलो स्मारिका विमोचन भव्य रूपमा सम्पन्न भएको छ। जापानस्थित नेपाली राजदूत डा. दुर्गा बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष रबिन शेरचन विशेष अतिथिको रूपमा उपस्थित थिए।

अधिवेशनले नयाँ नेतृत्वमा कमल बास्तोलालाई अध्यक्षमा चयन गरेको छ भने जीवन पोखरेल महासचिवमा चयन भएका छन्।

नयाँ कार्यसमितिमा मनोज तिवारी, बिष्णु प्रसाद भण्डारी (बिसु), दिपक सुनार र सरोज कार्की उपाध्यक्षमा चयन भएका छन्। तोयानाथ ढकाल र गोबिन्द पौडेल (अनिस) सचिव चयन भएका छन् भने कुल प्रसाद बास्तोला कोषाध्यक्ष बनेका छन्। सुर्य कडेल र दिलीप पन्डित सह-कोषाध्यक्षमा चयन भएका छन्।

युवा संयोजकमा सुमन कुवँर र महिला संयोजकमा सुनिता बन्जरा चयन भएका छन्।सदस्यहरूमा लक्ष्मी कार्की, कविता तिवारी, विजय गुरुङ, खगराज ढुङ्गाना, नगेन्द्र सुवेदी, राम गुरुङ, बिन्दु राज सापकोटा, युबराज सुवेदी, सुन्दर बराल, रुद्र प्रसाद शर्मा, सुर्य लामीछाने, नविन सुवेदी, उदय सुवेदी चयन भएका छन्।

संस्थाका निवर्तमान अध्यक्ष संदेश अधिकारीले आफ्नो कार्यकालमा समाजले गरेको उल्लेखनीय योगदानबारे चर्चा गर्दै नयाँ नेतृत्वलाई निरन्तरता दिन आग्रह गरे। उपाध्यक्ष सरोज कार्कीले समाजले जापानमा रहेका नेपाली समुदायलाई जोड्ने पुलको रूपमा काम गरिरहेको बताए।

नवनिर्वाचित अध्यक्ष कमल बास्तोलाले समाजको भावी योजनाबारे जानकारी दिँदै जापानमा रहेका कास्कीबासी तथा सम्पूर्ण नेपालीहरूको हितका लागि सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे। उनले नेपाल र विशेषगरी कास्की पोखराको पर्यटन प्रवर्द्धनमा विशेष ध्यान दिने बताए।

अधिवेशन समारोहमा एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, थकाली सेवा समिति जापानका अध्यक्ष बुद्धि गौचन, सुरेश लामीछाने लगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेपाली सांस्कृतिक प्रस्तुति, संस्थाको गतिविधिहरूको झलक, तथा विभिन्न सम्मान कार्यक्रम समेत आयोजना गरिएको थियो।

समारोहमा करिब २०० जना सहभागी भएका थिए। जापानमा रहेका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूले कास्की पोखरा समाजको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ मजबुत रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार