नागोया/जापान। स्याङ्जा समाज जापान नागोयाको पाचौँ अधिवेशन यहि फेब्रुअरी २४ तारिख हुने भएको छ।
समाजका अध्यक्ष मित्र सिग्देलका अनुसार,विभिन्न पेशा व्यवसाय र अध्ययनका शिलशिलामा जापानमा रहेका जापानवासी स्याङ्जालीहरुको छाता संगठन स्याङ्जा समाज जापान क्षेत्रीय समिती नागोयाको पाचौं अधिवेशन फ्रेब्रुअरी २४ तारिक सोमबार कोकुसाई सेन्टर हलमा दिउँसो १ बजे बाट हुनेछ ।
सबै क्षेत्रमा गरि करिव २५० जना आजीवन सदस्य र ५० जना साधारण सदस्य रहेको स्याङ्जा समाज जापान केन्द्रको अधीवेशन भने मार्च २३ तारिक टोकियोमा हुने भएको छ।
सिजुओका, फुकुओका र किता कान्तोमा चाँडै नै मिति तय हुने केन्द्रको जानकारी छ । हाल निरन्तर चलिरहेको आजीवन सदस्य बन्ने प्रक्रियालाई निरन्तरता दिंदै फेब्रुअरी २२ तारिख सम्म ५,००० येन नयाँ आजीवन सदस्यता लिन पाउने र साधारण सदस्यता नवीकरण गर्न सबै जापानमा रहेका जिल्लावासीहरुलाई जानकारी सहित अनुरोध गरेको छ।
जापानमा रहनु भएका सम्पुर्ण स्याङ्जाली बुवा आमा दाजुभाई दिदीबहिनीहरु लाई अधीवेशनको दिन उपस्थीत भई सब्य र भब्य तबरबाट कार्यक्रम सम्पन्न गराउँन सहयोग गर्नुहुन क्षेत्रीय समीती नागोयाका अध्यक्ष मित्र सिग्देलले जानकारी दिएका छन् ।
अधिवेशनका लागि स्याङ्जा समाज जापानका बरिष्ठ उपाध्यक्ष वेद कार्कीको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिती तय गरिएको छ।सदस्यमा एनआरएनए जापानका निवर्तमान सचिव श्याम शितल श्रेष्ठ र स्याङ्जा समाज नागोयाका सल्लाहाकार कृष्ण रेग्मी लाई तोकिएको छ ।
मिती :~२०२४/२/२४गते
स्थान:~ 3F 名古屋国際センタービル
47-1, Nagono 1-Chōme
Nakamura, Nagoya, Aichi
Japan 450-0001
समय:~ठिक १ बजे
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




