जापानको उत्तरी क्षेत्रमा भारी हिमपातको समयको फाईल तस्बिर

टोकियो/जापान। केहिदिन अघि मात्रै ऐतिहासिक हिमपातको सामाना गरेको उत्तरी जापानदेखि पश्चिमी जापानसम्मको जापान सागर क्षेत्रमा फेब्रुअरी १९ सम्म भारी हिमपात हुने सम्भावना रहेको पूर्वानुमान जारा गरिएको छ। जापानको मौसम विभागले यातायातमा असर पर्ने चेतावनी दिँदै विद्युत् सेवा अवरुद्ध हुने, रुखहरू ढल्ने तथा हिमपहिरो आउने जोखिमप्रति सतर्क रहन आग्रह गरेको छ।

मौसम विभागका अनुसार, जापान सागरमा रहेको न्यून चापीय क्षेत्र फेब्रुअरी १७ तारिख रातिसम्म विकसित हुँदै जापानको पूर्वी क्षेत्रतर्फ सर्नेछ, जसले गर्दा चिसो हावाको प्रभाव अझै बलियो बन्नेछ जसले हिमपात गराउनेछ। साथै, सामान्यतया हिउँ कम पर्ने पूर्वी जापानको प्रशान्त महासागर क्षेत्रका भू-भागमा समेत, विशेष गरी भित्री भागहरूमा, भारी हिमपात हुने र समथर भूभागमा समेत हिउँ जम्ने सम्भावना रहेको छ।

फेब्रुअरी १८ तारिख बिहानसम्म
निगाता र गिफु प्रिफेक्चरमा ६० सेन्टीमीटर,तोहोकु, होकुरिकु, कान्तो-कोशिन क्षेत्रमा ५० सेन्टीमीटर हिउँ पर्ने पूर्वानुमान गरिएको छ। यसैगरि १९ तारिख बिहानसम्म भने निगाता र होकुरिकुमा ७० सेन्टीमीटर,तोहोकु,कान्तो-कोशिन तथा गिफुमी ५० सेन्टीमीटर सम्म हिउँ पर्ने अनुमान गरिएको छ।

सावधानीका उपायहरू:
• तोहोकु क्षेत्रमा हावा र हिमपातको असरप्रति सतर्क रहनुहोस्।
• मौसम र यातायात सम्बन्धी पछिल्लो जानकारी नियमित रूपमा जाँच गर्नुहोस्।
• मौसमअनुसार आफ्नो योजना परिवर्तन गर्न वा यात्रा मार्ग पुनर्विचार गर्न सक्नुहुन्छ।
• हिउँ जमेको बाटोमा सवारीसाधन चलाउँदा, अनिवार्य रूपमा जाडो मौसमका टायरहरू (स्नो टायर) प्रयोग गर्नुहोस्।
• चेन उपलब्ध गराउनुहोस् र आवश्यक परेमा छिट्टै लगाउने व्यवस्था गर्नुहोस्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार