टोकियो/जापान। जापानको राजधानी, टोकियो महानगर सरकारले(共働き)दुवै आमाबुवा काम गर्ने परिवारहरू सहित सबैका लागि सन्तान पालनपोषण सहज बनाउन नयाँ आर्थिक वर्षमा बिरामी बालबालिकाको हेरचाह सेवा (病児保育) विस्तार गर्ने योजना बनाएको छ।

यसका लागि महानगर सरकारले नयाँ बजेट प्रस्तावमा २० अर्ब येन विनियोजन गरेको छ, जसले आकस्मिक रूपमा बिरामी भएका बालबालिकालाई आवश्यक पर्ने हेरचाह सेवा उपलब्ध गराउन मद्दत गर्नेछ।

विशेष रूपमा, बिरामी बालबालिकाको हेरचाह गर्ने सेवाप्रदायकहरूका लागि आवश्यक सञ्चालन खर्च तथा नर्सहरूको व्यवस्था गर्न थप अनुदान दिइनेछ, जसले बालबालिकालाई अस्थायी रूपमा(保育園)डेकेयरमा राख्न सकिने व्यवस्था सहज बनाउनेछ।

त्यस्तै, आकस्मिक रूपमा बिरामी भएका बालबालिकालाई( 保育園)डेकेयरमा राख्न नसकिने अवस्थामा(未就学)विद्यालय जानुअघिको उमेर समूहका बालबालिकाका लागि बेबीसिटर सेवामा आर्थिक सहायता प्रदान गरिनेछ। साथै, रातिको समयमा वा आकस्मिक रूपमा आवश्यक परेका बेला पनि सेवा उपलब्ध गराउन सेवाप्रदायकहरूलाई अनुदान दिइनेछ।

महानगर सरकारले भनेको छ, “बिरामी बालबालिकाको हेरचाह सेवाहरूको सशक्तीकरण गरेर, अभिभावकहरूलाई ढुक्क भएर सन्तानको पालनपोषण गर्ने वातावरण बनाउने हाम्रो लक्ष्य हो।”

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार