टोकियो/जापान। टोकियोमा गत वर्ष प्रहरीमा बुझाइएको हराएको नगदको रकम ४४ अर्ब ९० करोड येन पुगेको छ। जुन अघिल्लो वर्षभन्दा १.८ प्रतिशतले वृद्धि भएको छ र यो हालसम्मकै उच्च हो। यो विवरण टोकियो महानगर प्रहरीको हराएको सामान केन्द्रले  यहि। फेब्रुअरी ४ तारिखसम्म सार्वजनिक गरेको हो।

सबैभन्दा धेरै फेला परेको एउटै घटनाको नगद रकम १ करोड १६ लाख येन रहेको थियो। प्रहरीका अनुसार, कोरोना प्रतिबन्धहरू खुकुलो भएपछि मानिसहरूको आवागमन बढ्नु र विदेशी पर्यटकहरूको संख्या बढ्नु यसको प्रमुख कारण हुन सक्छ।

हराएको सामान केन्द्रका विवरणअनुसार, त्यसरी हराएर भेटिएको रकममध्ये ३२ अर्ब ३० करोड येन सम्बन्धित मालिकलाई फिर्ता गरिएको छ।५ अर्ब ७० करोड येन नगद प्राप्तकर्तालाई हस्तान्तरण गरिएको छ भने ६ अर्ब ६० करोड येन नगदको मालिक पहिचान हुन नसकेपछि टोकियो महानगरको राजस्वमा दाखिला गरिएको छ।

यसैगरी, प्रहरीमा फेला परेको हराएको सामानहरूको कुल संख्या ४४ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले वृद्धि भएको हो। यो संख्या पनि हालसम्मकै उच्च रहेको प्रहरीले जनाएको छ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार