टोकियो/जापान।एक नीजि सर्वेक्षण संस्थाका अनुसार जापानी कम्पनीहरू हाल कोभिड-१९ महामारीपछिकै सबैभन्दा गम्भीर पूर्णकालीन श्रमिक अभाव महसुस गरिरहेका छन्। निजी क्षेत्रको एक सर्वेक्षणअनुसार, आधाभन्दा बढी कम्पनीहरूमा कर्मचारीको अभाव देखिएको छ।
जनवरीमा गरिएको सर्वेक्षणमा सहभागी करिब ११ हजार कम्पनीहरूमध्ये ५३.४ प्रतिशतले पूर्णकालीन श्रमिक आवश्यक परेको बताएका छन्। तेइकोकु डाटाबैंक लिमिटेडका अनुसार, यो अनुपात अप्रिल २०२० यताकै उच्च हो र नोभेम्बर २०१८ को अहिलेसम्मकै उच्च ५३.९ प्रतिशत नजिक पुगेको छ।
सबैभन्दा धेरै पूर्णकालीन श्रमिक आवश्यक पर्ने क्षेत्र सूचना प्रविधि सेवा हो, जहाँ सिस्टम इन्जिनियरहरूको अभाव छ। यसपछि दोस्रो स्थानमा निर्माण क्षेत्र रहेको छ।
सर्वेक्षणअनुसार, ३०.६ प्रतिशत कम्पनीहरूले पार्टटाईम श्रमिक अभावको समस्या झेलिरहेका छन्। गैर-नियमित श्रमिकको सबैभन्दा बढी अभाव अनुभूति गर्ने क्षेत्र स्टाफिङ फर्महरू हुन्, जसपछि रेस्टुरेन्ट क्षेत्र पर्छ।
अर्थशास्त्रीहरू गत वर्ष देखिएको तलब वृद्धिको प्रवृत्ति निरन्तर रहनेछ कि भन्ने कुरामा नजिकबाट ध्यान दिइरहेको समयमा यस्तो सर्वेक्षण आएको हो। प्रमुख जापानी कम्पनीहरूले आफ्ना श्रमिक संघहरूद्वारा राखिएको तलब वृद्धिको मागबारे निर्णय गर्न चाँडै वार्षिक शुन्तो (वसन्त वार्ता) वार्तालाई यस महिनाको अन्त्यसम्म टुंग्याउने तयारी गरिरहेका छन्।
श्रम अभाव झेलिरहेका करिब ६८.१ प्रतिशत कम्पनीहरू पूर्णकालीन श्रमिकहरूको लागि सन् २०२५ को अप्रिलदेखि तलब वृद्धि गर्ने योजनामा रहेको अनुसन्धान संस्थाले जनाएको छ। यो उपाय आवश्यक श्रमिक आकर्षित गर्न र राख्नका लागि गरिएको देखिन्छ।
तर अर्थशास्त्रीहरूले साना र मध्यम स्तरका कम्पनीहरूलाई ठूलो चुनौती आउने चेतावनी दिएका छन्। ठूला कम्पनीहरूलाई भन्दा साना कम्पनीहरूलाई लगातार तलब वृद्धि गर्न कठिनाइ हुन सक्छ, किनकि उनीहरूसँग आर्थिक स्रोत सीमित हुन्छ।
अनुसन्धान संस्थाले भनेको छ, “श्रम अभावका कारण कम्पनीहरू दिवालिया हुने जोखिमप्रति सचेत रहन आवश्यक छ।”सन २०२४ मा श्रमिक अभावका कारण दिवालिया भएका कम्पनीहरूको संख्या हालसम्मकै उच्च स्तरमा पुगेको उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




