टोकियो/जापान। जापानमा बसोवास गर्ने विदेशीहरूको संख्या गत वर्षको डिसेम्बर महिनाको अन्त्यसम्म ३७ लाख ६९ हजार नाघेको छ, जुन अहिलेसम्मकै धेरै भएको छ।

जापान अध्यागमन एजेन्सीको जानकारी अनुसार , गत वर्ष डिसेम्बर अन्त्यसम्म जापानमा बसोवास गर्ने विदेशीहरूको संख्या करिब ३७ लाख ६९ हजार पुगेको थियो। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३ लाख ५८ हजारले वृद्धि भएको हो।

बसोवास अनुमतिपत्र (भिसा) अनुसारको विवरण:“प्राविधिक प्रशिक्षार्थी (技能実習)हरुको संख्या ४ लाख ५७ हजार रहेको थियो,जुन अघिल्लो वर्षभन्दा ५२ हजार बढी हो।त्यसैगरि विद्यार्थी (留学) हरुको संख्या ४ लाख २ हजार रहेको थियो । जुन अघिल्लो वर्षभन्दा ६१ हजार बढी हो।यसका अलवा, निर्दिष्ट सीपयुक्त (特定技能) भिसामा २ लाख ८४ हजार जना रहेका थिए ,जुन अघिल्लो वर्षभन्दा ७६ हजार बढी हो।

अध्यागमन एजेन्सीका अनुसार कोरोना महामारीपछिको प्रतिबन्ध खुकुलो हुनु, विदेशीहरुको आवागमनको पुनर्स्थापना तथा जापानी येनको अवमूल्यन जस्ता कारणहरूले जापान आउने विदेशीहरूको संख्या वृद्धि भएको अनुमान गरिएको छ।

भिसा खारेज भएका घटनाहरू
सोहि अवधीमा थुप्रै व्यक्तिहरुको भिसा खारेज पनि गरिएको छ । जानकारी अनुसार विभिन्न भिसामा जापान आएर तोकिएको व्यवसायबाहेक अन्य क्षेत्रमा कार्य गर्ने जस्ता कारणले गत वर्ष १,१८४ जनाको बसोवास अनुमतिपत्र खारेज गरिएको छ। यो संख्या अघिल्लो वर्षभन्दा ५६ ले कम हो।यसरी भिसा खारेज पर्नेहरुमा प्रशिक्षार्थीहरु सबैभन्दा धेरै छन्। त्यसपछि दोस्रो नम्बरमा विद्यार्थीहरु रहेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार