टोकियो/जापान। जापानमा यहि मार्च २४ देखि माइना लाइसेन्स (マイナ免許証) को प्रयोग सुरू हुँदैछ, जसले माईन नम्बर कार्ड (マイナンバーカード) र ड्राइभिङ लाइसेन्सलाई एकीकृत गर्छ।

माइना लाइसेन्स भनेको के हो?
यो एक प्रकारको माईन नम्बर कार्ड हो, जसको IC चिपमा तपाईँको ड्राइभिङ लाइसेन्स सम्बन्धी महत्वपूर्ण जानकारीहरू समावेश गरिन्छ, जस्तै: लाइसेन्स नम्बर,लाइसेन्सको म्याद (Expiry Date),लाइसेन्सको प्रकार,चश्मा वा अन्य विशेष आवश्यकताहरू,प्रयोगकर्ताको फोटो आदि ।

यहि मार्च २४ पछि जापानमा सावारी साधान चालक अनुमति पत्र बाहकहरुका लागि तीन विकल्प हुनेछन् ।१,माइना लाइसेन्स मात्र राख्ने (ड्राइभिङ लाइसेन्स फिर्ता गरेर माइना लाइसेन्स मात्र प्रयोग गर्ने)२,पुरानो ड्राइभिङ लाइसेन्स मात्र प्रयोग गर्ने र ३,दुबै लाइसेन्स (माइना लाइसेन्स + परम्परागत ड्राइभिङ लाइसेन्स) राख्ने । यो स्वास्थ्य बिमा कार्ड जस्तै अनिवार्य भने छैन, अर्थात् तपाईं आफ्नो इच्छाअनुसार प्रयोग गर्न सक्नुहुन्छ।

माइना लाइसेन्सका फाइदाहरू
प्रहरी विभागका अनुसार, माइना लाइसेन्स प्रयोग गर्दा चार प्रमुख फाइदाहरू छन्:
१)ठेगाना परिवर्तनको सजिलो प्रक्रियाःपहिलेजस्तो प्रहरी कार्यालय र नगरपालिका दुवैमा जानकारी अपडेट गर्नुपर्ने झन्झट हट्नेछ। अब ठेगाना वा नाम परिवर्तन गर्दा नगरपालिका कार्यालयमा मात्र गए पुग्छ। (तर, दुबै लाइसेन्स राख्नेले यो सुविधा पाउँदैनन्।)

२)अनलाइन प्रशिक्षणःउत्कृष्ट चालक र साधारण चालकहरूले लाइसेन्स नवीकरणको लागि अनलाइन प्रशिक्षण लिन सक्छन्।तर, प्रशिक्षण पछि लाइसेन्स सेन्टर वा प्रहरी कार्यालयमा गएर नवीकरणको अन्तिम प्रक्रिया पूरा गर्नुपर्छ।
३)लाइसेन्स नवीकरणको लचिलो प्रक्रियाःबसोबास गर्ने ठाउँ बाहेक अन्य ठाउँका प्रहरी कमिटी (公安委員会) मा पनि लाइसेन्स नवीकरण गर्न सकिनेछ।पहिले जन्मदिन अघि मात्र सम्भव हुने यो प्रक्रिया अब लाइसेन्सको म्याद समाप्त हुने दिनसम्मै गर्न सकिनेछ।४)नवीकरण शुल्क सस्तो हुनेःउदाहरणका लागि, उत्कृष्ट चालकलाई साधारण लाइसेन्सको नवीकरण गर्दा ३३५० येन लाग्छ। माइना लाइसेन्स मात्र राख्नेले २६०० येन तिर्नेछन्। दुबै लाइसेन्स राख्नेले ३४५० येन तिर्नुपर्नेछ।

माइना लाइसेन्सका कमजोरीहरू र सावधानीहरु
१)विदेशमा सवारी चलाउन समस्या हुन सक्छःकेही देशहरूमा माइना लाइसेन्स मान्य नहुन सक्छ, त्यसैले अन्तर्राष्ट्रिय लाइसेन्स आवश्यक पर्न सक्छ।
२)लाइसेन्स जानकारी कार्डमा देखिँदैनःमाइना लाइसेन्स प्रयोग गर्दा लाइसेन्सको किसिम, म्याद आदिको जानकारी कार्डमा छापिँदैन।ती जानकारी हेर्नका लागि マイナポータル (Myna Portal) वा マイナ免許証読み取りアプリ (Myna License Scanner App) प्रयोग गर्नुपर्नेछ।
३)माइनम्बर कार्ड र लाइसेन्सको म्याद फरक हुन सक्छः माईनम्बर कार्ड र माइना लाइसेन्सको म्याद फरक हुन सक्छ, जसले लाइसेन्स म्याद सकिएर समस्या निम्त्याउन सक्छ।
४)लाइसेन्स हराएमा पुनःप्राप्ति झन्झटिलो छःमाइना लाइसेन्स हराएमा, माईनम्बर कार्ड पुनःप्राप्त गर्न कम्तीमा १ हप्ता लाग्न सक्छ।कार्ड पुनः प्राप्त नभएसम्म तपाईंले गाडी चलाउन सक्नुहुन्न।माइना नम्बर कार्ड पुनः प्राप्त गरेपछि मात्र प्रहरी कार्यालयमा गएर पुनः लाइसेन्स जारी गर्न सकिन्छ।
५)मार्च २३ का दिन सबै लाइसेन्स कार्यालय बन्द हुनेछन् ।नयाँ प्रणाली लागू गर्नको लागि मार्च २३ मा सबै लाइसेन्स सेन्टरहरू बन्द हुनेछन्।

माइना लाइसेन्स कसरी प्राप्त गर्ने?
१)प्रहरी कार्यालय वा लाइसेन्स सेन्टरमा जानुहोस्।२)माइनम्बर कार्डको IC चिपमा लाइसेन्सको जानकारी रेकर्ड गराउनुहोस्।
३)माइना नम्बर कार्ड र त्यसको डिजिटल हस्ताक्षर पासवर्ड आवश्यक पर्छ।

शुल्क कति लाग्छ?
परम्परागत लाइसेन्स → माइना लाइसेन्स परिवर्तन गर्न १५०० येन।माइना लाइसेन्स → परम्परागत लाइसेन्स प्राप्त गर्न २५५० येन।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार