टोकियो/जापान। टोकियो र अन्य शहरहरूमा काफुन्स्यो (परागकण एलर्जी) उच्च विन्दुमा पुगेको छ, जसले लाखौँ मानिसहरूलाई आँखा चिलाउने, सिगान बग्ने, र निरन्तर हाच्छिउँ आउने जस्ता समस्याले सताइरहेको छ।
यस सप्ताहन्तमा जापानभर केही स्थानमा वर्षा र परिवर्तित मौसमले अस्थायी रूपमा परागकणको मात्रा घटाउन सक्छ, तर राहत क्षणिक मात्र हुनेछ। ताकामाचु, ओसाका, नागोया, र कानाजावाजस्ता शहरहरूमा मार्चको मध्यसम्म धुपी सल्लाका परागकण अत्यधिक स्तरमा रहनेछ भने त्यसपछि सुगीका(सल्ला प्रजातीको रुख) परागकण फैलिनेछ।
निजी मौसम कम्पनी वेइदरन्युजकी प्रवक्त योसिए नाकामुरा भन्छिन्, “आगामी केही दिनमा परागकण व्यापक रूपमा फैलिनेछ, विशेष गरी टोकियोमा काफुन्स्योको प्रभाव चरम हुनेछ।”
फुकुओका, हिरोसिमा र टोकियोमा परागकण फैलावटको उच्चतम स्तर हुने अनुमान गरिएको छ।एलर्जी भएका व्यक्तिहरूले मास्क, चश्मा, र अन्य सुरक्षात्मक उपायहरू अपनाउनु अत्यावश्यक हुनेछ बताईएको छ।
टोकियो र सेन्दाइमा धुपी सल्लाको परागकणको उच्च मात्रा मार्चको अन्त्यसम्म रहनेछ भने सुगीका परागकण मार्चको अन्त्यदेखि अप्रिलको सुरुआतसम्म चरम विन्दुमा पुग्नेछ। “मानिसहरुले काफुन्स्योको दुई पटकको चरम प्रभाव सामना गर्नुपर्नेछ,” नाकामुरा बताउँछिन्।
जापानमा काफुन्स्यो किन यति गम्भीर छ?
जापानमा काफुन्स्यो, विशेष गरी धुपी सल्लाको परागकणबाट हुने एलर्जी, अत्यधिक सामान्य भएको छ।
सन् २०१९ मा गरिएको राष्ट्रिय सर्वेक्षणअनुसार, जापानको ४२.५% जनसंख्या काफुन्स्योबाट पीडित छन्, जसमा ३८.८% मानिसहरू धुपी सल्लाको परागकणको संवेदनशीलता राख्छन्। यो प्रतिशत सन् २००८ को तुलनामा १० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। तुलनात्मक रूपमा, वर्ल्ड एलर्जी अर्गानाइजेसनका अनुसार, विश्वको अन्य भागहरूमा १०% देखि ३०% जनसंख्या मात्र काफुन्स्योबाट प्रभावित हुन्छ।
यो समस्या जापानमा किन यति व्यापक छ भन्ने कुरा दोस्रो विश्वयुद्धपछिको पुन वन विकास योजनासँग सम्बन्धित छ। युद्धपछिको काठ आपूर्ति पुनःस्थापना गर्न ठूलो मात्रामा धुपी सल्ला र सुगीका रूखहरू रोपिएको थियो। हाल जापानका करिब ४०% जंगलहरू मानव निर्मित छन्, जसमा लगभग ४०% भाग सुगीका जंगलहरूले ओगटेका छन्। यी रूखहरू परिपक्व भएपछि वसन्त ऋतुमा ठूलो मात्रामा परागकण उत्पादन हुन थालेको हो।
शहरीकरणले पनि काफुन्स्योलाई झन् बढाइरहेको छ। घाँसेमैदानहरू र नरम माटो भएका क्षेत्रहरू सिमेन्टका कंक्रिटमा परिणत हुँदा, परागकण जमिनमा बस्नुभन्दा हावामा फैलिने सम्भावना बढेको छ।
साईतामा विश्वविद्यालयका काफुन्स्यो विज्ञ सेइयो भन्छन्, “सवारी साधनहरुको धुवाँबाट निस्कने रसायनहरूले काफुन्स्यो झन् गम्भीर बनाउँछ।”
उनका अनुसार, “एलर्जीको मौसममा उच्च ट्राफिक भएका क्षेत्रहरू, विशेष गरी बाइपासहरू जस्ता प्रदूषण बढी हुने स्थानहरूबाट जोगिनु महत्त्वपूर्ण हुन्छ।”
उखरमाउलो तापक्रमले परागकण झन् चाँडै फैलिने भएकाले जलवायु परिवर्तनले यो समस्यालाई थप जटिल बनाउँदैछ। सामान्यतया, धुपी सल्लाको परागकण फेब्रुअरीको अन्त्यतिर बढ्न थाल्छ, जसका कारण मार्चको सुरुमा काफुन्स्योको लक्षण देखा पर्न थाल्छ। तर जलवायु परिवर्तनका कारण भविष्यमा एलर्जी सिजन अझ चाँडै सुरु हुन सक्ने सम्भावना छ।
सरकार र वैज्ञानिकहरूको दीर्घकालीन योजना
काफुन्स्योको प्रभाव गम्भीर बन्दै गएपछि, जापान सरकारले सन् २०२३ मा परागकण उत्सर्जन १० वर्षभित्र २०% र ३० वर्षभित्र ५०% कटौती गर्ने रणनीति अघि सारेको छ।
सरकारले काफुन्स्योविरुद्धको औषधि उत्पादन बढाउने प्रतिबद्धता जनाएको छ, भने औषधि कम्पनीहरू नयाँ उपचारहरू विकास गर्न होडबाजी गरिरहेका छन्। विशेष गरी, सबलिंगुअल इम्युनोथेरी भन्ने नयाँ उपचार विधिले रोगीहरूलाई परागकणको असरबाट दीर्घकालीन रूपमा जोगाउने लक्ष्य राखेको छ।
सामान्य उपचारहरू जस्तो अस्थायी समाधानको सट्टा, यो उपचारले रोगको जडैबाट समाधान गर्ने लक्ष्य राख्छ। सरकारले सन् २०२५ सम्ममा यस उपचारको उपयोगकर्ता संख्या २.५ लाखबाट ५ लाख पुर्याउने लक्ष्य राखेको छ।
तर परागकणको मात्रा कम गर्न अझै दशकौँ लाग्ने भएकाले, हाललाई धेरैजसो बासिन्दाहरू परागकण पूर्वानुमान हेरेर सावधानी अपनाइरहेका छन्।
सावधानीहरू अपनाउन सल्लाह दिएका छन्:
मास्क र चश्मा लगाउने।
घर फर्केपछि लुगा फेर्ने र नुहाउने।
झ्याल खोल्न नहुने।
घरको मूल ढोकासँगै एयर प्युरीफायर राख्ने, जसले परागकण घरभित्र फैलिन नदियोस्।
यी उपायहरू अपनाएमा काफुन्स्योको असर कम गर्न सकिन्छ। यद्यपि, यस समस्याको दीर्घकालीन समाधानका लागि अझै दशकौँ पर्खिनुपर्ने देखिन्छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




