टोकियो/जापान । जापान इमिग्रेशन सेवा एजेन्सीले दिएको रिपोर्ट अनुसार, जापानले सन २०२४ मा १,६६१ जनालाई “अर्ध-शरणार्थी” (quasi-refugee) को रूपमा मान्यता दिएको छ, जसमा ९०% भन्दा बढी युक्रेनी नागरिक छन्।
यो प्रणाली जापानले डिसेम्बर सन २०२३ मा युद्ध प्रभावित तर शरणार्थीको रूपमा मान्यता नपाएका व्यक्तिहरूलाई सुरक्षा दिन सुरु गरेको थियो। कुल १,६१८ युक्रेनी नागरिकहरूले यो मान्यता पाएका छन्, भने अन्यमध्ये सिरियाका १७, म्यानमारका १३, सुडानका ११, अफगानिस्तानका १ र उज्बेकिस्तानका १ जनाले पनि यो सुरक्षा पाएका छन्।
यसैबीच, एजेन्सीका अनुसार, सन २०२३ को जुनमा लागू भएको कानुनअनुसार १७ विदेशी नागरिकलाई देश छोड्न आदेश दिइएको छ। यो कानुनले ३ पटकभन्दा बढी शरणार्थी आवेदन दिएका व्यक्तिहरूलाई बलपूर्वक निष्कासन गर्न अनुमति दिन्छ। यसअघि, जापानले कुनै पनि शरणार्थी आवेदन दिने व्यक्तिलाई जबरजस्ती फिर्ता पठाउने गरेको थिएन।
रिपोर्ट अनुसार, सन २०२४ मा कुल १२,३७३ जनाले जापानमा शरणार्थी आवेदन दिए, जुन २०२३ को तुलनामा १०% कम हो। यीमध्ये श्रीलंकाका २,४५५, थाइल्यान्डका २,१२८, र टर्कीका १,२२३ जना रहेका छन्।तर, शरणार्थीको मान्यता पाउनेको संख्या ४०% ले घटेर १९० मा सीमित भयो। तिनीहरूमध्ये १०२ अफगानिस्तानका, ३६ म्यानमारका, र १८ येमनका नागरिक छन्।
जापानमा विदेशी नागरिकको संख्या १०.५% ले वृद्धि
सन् २०२४ को अन्त्यसम्म जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको संख्या ३७ लाख ६८ हजार ९७७ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.५% वृद्धि हो। यो लगातार तेस्रो वर्ष नयाँ कीर्तिमान बनेको छ।
देशअनुसार सबैभन्दा बढी संख्या चिनियाँ नागरिकहरूको रहेको छ (८७३,२८६), त्यसपछि भियतनामी (६३४,३६१), दक्षिण कोरियाली (४०९,२३८) र फिलिपिन्सका (३४१,५१८) नागरिक छन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




