पछिल्लो समय विश्वका विभिन्न देशहरुमध्ये जापान पनि नेपालीहरुको लागि प्रमुख गन्तव्यको रोजाइमा परेको छ। विशेषगरी जापनमा विद्यार्थी भिसा, वर्किङ्ग भिसा, व्यावसायिक भिसा ,पारिवारिक भिसा र विशिष्ट सीप भएका कामदार (SSW)भिसा मार्फत नेपालीहरु जापान प्रवेश गर्ने गर्दछन। जसरी नेपालमा विभिन्न मिडिया , सामाजिक सन्जाल लगायत कन्सलटेन्सीहरुबाट जापानको बारेमा धेरै कुराहरु सुनिन्छ त्यो भन्दा निन्तान्त फरक रहेको छ जापानको अवस्था।जापानका विभिन्न कम्पनी तथा कार्यलयहरुमा जापानी भाषा भन्दा अन्य भाषाहरु खासै प्रयोग नहुने हुँदा पनि प्रमुख समस्या भाषागत नै मानिन्छ।पछिल्लो तथ्याङ्क अनुसार जापानमा करिब २ लाख ३३ हजार भन्दा बढि नेपालीहरुको संख्या रहेको छ ।
जापनमा विद्यार्थी भिसामा आउनेहरुले १ वर्षको कलेज शुल्क,६ महिनाको आवास शुल्क र अन्य खर्चहरु गरेर करिब १३ लाख भन्दा बढि खर्चेर जापान प्रवेश गर्दछन। जापानमा अध्ययनको विषय र क्षेत्र अन्य देशमा भन्दा फरक रहेको हुन्छ।विशेषगरी अधिकांश विद्यार्थीहरुले १६ महिना देखि २ वर्ष सम्म जापानी भाषा सिक्ने गर्दछन भने त्यसपछि २ वर्षको भोकेसनल कलेज तथा ४ वर्षको लागि युनिभर्सिटी प्रवेश गरि अध्ययन गर्ने गर्दछन । आफ्नो अध्ययन पूरा गरिसकेपछि अध्ययन अनुसारको सम्बन्धित क्षेत्रको कम्पनी खोजेर विद्यार्थी भिसाबाट वर्किङ्ग भिसामा परिवर्तन गर्दछन तर त्यहि सहज भने छैन जापानमा विद्यार्थी भिसाबाट वर्किङ्ग भिसामा परिवर्तन गर्न।एउटा विद्यार्थीको लागि कलेज शुल्क , आवास शुल्क, बीमा तथा कर रकम शुल्क र अन्य खर्चहरु गरेर १ महिनाको करिब १ लाख ५०हजार भन्दा बढी खर्च लाग्दछ भने जापान सरकारको नियम अनुसार विदेशी विद्यार्थीको हकमा १ हप्तामा २८ घण्टा मात्र काम गर्ने अनुमति प्राप्त भएको हुन्छ जस अनुसार १ महिनामा लगभग १ लाख २० हजारको सेरोफेरोमा आम्दानी गर्न सकिन्छ। धेरैजसो विद्यार्थीहरुले आफ्नो दैनिकीलाई सहज बनाउन तथा वचतको लागि नगद भुक्तानी को रुपमा तलब पाउने काम गरेका हुन्छन तर सबै क्षेत्रमा यस प्रकारको काम पाउन भने मुस्किल हुन्छ साथै कुनै कारणवस चेकिङ्गमा परियो भने भिसा रद्ध गरिदिने उच्च सम्भावना पनि रहेको हुन्छ।जापानमा केहि नेपाली विद्यार्थीहरुले जापानको बढ्दो महङ्गीसँगै अन्य कुराहरुलाई आत्मसाथ गर्न नसकी आत्महत्या समेत गर्दछन साथै पछिल्लो समय यो घटनाक्रम तीब्र रुपमा बढिरहेको छ त्यसैले आफ्ना छोराछोरीहरुलाई जापान पठाउनु भन्दा घरको आर्थिक अवस्था, छोराछोरीहरुको शारीरिक तथा मानसिक अवस्थाबारे राम्रोसँग बुझ्न जरुरी पनि देखिन्छ।
पछिल्लो समय जापानमा काम गर्ने अनुमति भिसामा पनि दुई तरिकाले आउने गरेको पाइन्छ ,पहिलो होटेल तथा रेष्टुरेण्टमा १० वर्ष काम गरेको अनुभवको सर्टिफिकेट देखाई नेपालीहरुको रेष्टुरेण्टमा काम गर्न आउने कामदार र दोस्रो नेपालबाट स्नातक पास गरि जापानी तथा अन्य कम्पनीहरुमा वर्किङ्ग भिसाका रुपमा काम गर्न आउने व्यक्तिहरु। विशेषगरी नेपाली रेष्टुरेण्टहरुमा काम गर्न आउने अधिकांश व्यक्तिहरुले करिब १२/१३ लाख रकम बुझाएर आउने गर्दछन भने उनीहरुलाई कामको अनुभव र दक्षताको आधारमा १ लाख देखि १ लाख ५० हजार सम्म मासिक तलब दिने गरेको पाईन्छ भने केहि रेष्टुरेण्टका मालिकहरुले माथि उल्लेख गरिएको रकम भन्दा तलमाथि पनि दिने गरेको पाइन्छ।कामदारहरुले परिवारको सदस्य नलिएको खण्डमा खान बस्नको व्यवस्था भने रहेको पाइन्छ।
पछिल्लो समय नेपाल तथा जापानमा रहेको कन्सल्टेन्सीहरुको माध्यमबाट करिब १२/१३ लाख भन्दा बढि रकम बुझाएर जापानी तथा अन्य विदेशी कम्पनीहरुमा काम गर्ने अनुमति भिसामा आउने नेपालीहरुको संख्या बढ्दो क्रममा रहेको छ।जापान प्रवेश गर्नुभन्दा पहिला सबैभन्दा महत्त्वपूर्ण भाषा नै भएको तर धेरैजसो कन्सलटेन्सीहरुले एउटा कम्पनीबाट भिसाको प्रकृया पुरा गरि जापान पठाउने त्यसपछि कुनै पनि जिम्मेवारी नलिने गरेको पाइन्छ।आजभोलि यस प्रकृयाबाट जापान आउने धेरै जसो नेपालीहरुलाई केहिदिनमै भाषाको कारणले नै कामबाट निकालिदिने गरेको पाइन्छ। जापानमा भाषाको तह राम्रो भएन भने अन्य कम्पनीहरुमा काम परिवर्तन गर्न पनि निकै गार्हो हुने गर्दछ त्यसैले केहि व्यक्तिहरु विचल्लिमा परि हारगुहार गरेको पाइन्छ त्यसैले जापान प्रवेश गर्नुभन्दा पहिले आफ्नो सीप र भाषा सिकाईलाई पुर्णता दिएर मात्र जापानको यात्रा तय गर्न आवश्यक पर्दछ।
पछिल्लो समय “विशिष्ट सीप भएका कामदार” भिसाको रूपमा जापान प्रवेश गर्ने नेपालीहरुको संख्या पनि बढ्दो क्रममा रहेको छ । यसको लागि कुनै सीप तथा जापानी भाषा दक्षताको परीक्षा (JFT-Basic अथवा JLPT4) र सम्बन्धित क्षेत्रको परिक्षा पास गरेर आउन पाइन्छ्।यो दुई प्रकारको रहेता पनि अधिकांश नेपालीहरु SSW नम्बर 1 अन्तर्गत स्वास्थ्य, श्रम र कल्याण मन्त्रालयको क्षेत्राधिकारमा पर्ने खाद्य सेवा उद्योग
रेस्टुरेन्ट व्यवसाय ,होटल सम्बन्धी उद्योग लगायत अन्य क्षेत्रहरुमा कामदारको रुपमा आउने गर्दछन । SSW नम्बर 1 बाट आउनेहरुले परिवारका अन्य सदस्यहरुलाई लिन पाउँदैनन भने ५ वर्ष पछि भिसा अवधि पनि सकिन्छ त्यसपछिको लागि फेरि अर्को तहको परिक्षा पास गर्न आवश्यक पर्दछ। यस प्रकृयाबाट आउन नि:शुल्क भनिएतापनि नेपालका कन्सलटेन्सीहरुले कम्पनी र कामदारको विचमा रहेर मध्यस्थकर्ताको भूमिकामा काम गर्ने हुनाले केहि रकम लिएर काम गर्ने गर्दछन्। SSW मार्फत आउँदा सामान्यतया २ लाख भन्दा माथी तबल हुने गर्दछ भने जापान सरकारलाई कर तथा बीमा शुल्क र खान र बस्नको लागि आफैले तिर्नुपर्दछ।
माथी उल्लेखित भिसा बाहेक पारिवारिक तथा व्यवासायिक भिसामा पनि जापान प्रवेश गर्न सकिन्छ ।काम गर्ने अनुमति भिसामा जापान रहेका कामदार तथा व्यावसायिक भिसामा रहेका व्यक्तिहरुले आफ्ना श्रीमान/ श्रीमति तथा छोराछोरीहरुलाई पनि साथमा लिन पाउछन भने पारिवारिक भिसामा रहेकाहरुलाई जापान सरकारले हप्तामा २८ घण्टा काम गर्ने पाउने अनुमति दिएको छ। केहि व्यक्तिहरु नेपालबाट नै व्यवसायिक भिसामा आउने गर्दछन भने अधिकांश ब्यक्तिहरु विभिन्न भिसामा जापान प्रवेश पछि केहि समय काम गरेर मात्र व्यावसायिक भिसामा परिवर्तन गर्ने गर्दछन्।
यसरी जापान प्रवेश गर्न सकिने विभिन्न भिसाहरुबारेमा लेख्दै गर्दा अधिकांश व्यक्तिहरुमा सम्बन्धित पेसा तथा क्षेत्रको बारेमा राम्रोसँग नबुझि पनि जापान जाने गर्दछन। विद्यार्थी भिसामा जापान जादैँ गर्दा आफुले अध्ययन गर्ने विद्यालय भएको क्षेत्रको अवस्था, विद्यालयमा अध्ययन हुने समय, आफु बस्ने आवासको मासिक शुल्क तथा सेवासुविधाहरु बारेमा राम्रोसँग बुझ्न जरुरी छ भने वर्किङ्ग भिसामा जापान जानेहरुले पनि आफुले काम गर्ने कम्पनीको बारेमा राम्रोसँग बुझि कम्पनीले दिने तलब तथा सेवा सुविधाहरुबारेमा राम्रोसँग बुझ्न जरुरी छ। नेपाली रेस्टुरेण्टमा काम गर्न जाने व्यक्तिहरुले पनि भाषा र रेस्टुरेण्ट सम्बन्धि तालिम तथा सीप सिकेर जान जरुरी देखिन्छ।
अन्त्यमा, जापान आफैँमा विश्वसामु छुट्टै परिचय बनाउन सफल भएको देश हो जहाँ हामीले जापानि नागरिकहरुको इमान्दारिता,नैतिकता,लगनशीलता र धैर्यताबाट पनि धेरै कुराहरु बुझ्न र सिक्न सकिन्छ साथै जापान सीप तथा क्षमता भएकाहरुको लागि अवसरै अवसरको सम्भवना भएको देश हो त्यसैले भाषा तथा सम्बन्धित क्षेत्रको काम तथा सीपमा दक्षता हासिल गरेर जापान प्रवेश गर्ने हो भने सहजै सुन्दर भविष्य निर्माण सकिनेछ।
मोहन कुवर
सत्यवती -२, गुल्मी
हाल जापान ओसाका
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




