टोकियो/जापान। जापान सरकारले साना तथा मध्यम व्यवसाय (SMEs) लाई सन् २०२५ आर्थिक वर्षदेखि वार्षिक बिक्री लक्ष्य १० अर्ब येन वा सोभन्दा बढी घोषणा गर्न आग्रह गर्ने भएको छ। यसको उद्देश्य यी व्यवसायको वृद्धि समर्थन गर्ने र क्षेत्रीय अर्थतन्त्रलाई मजबुत बनाउने रहेको छ।
साना तथा मध्यम उद्यम निकायले यस्तो घोषणा गर्ने कम्पनीहरूलाई पूँजी लगानी बढाउन अनुदान उपलब्ध गराउनेछ, जसले स्थानीय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
९०,००० कम्पनीलाई आह्वान, उच्च अनुदान र कर छुटको योजना
सन् २०२५ को मे महिनादेखि, सरकार वार्षिक बिक्री १ अर्ब येनदेखि १० अर्ब येनभन्दा कम भएका करिब ९०,००० साना तथा मध्यम व्यवसायहरूलाई आवेदन दिन आह्वान गर्नेछ।आवेदन दिने कम्पनीहरूले आफ्नो बिक्री लक्ष्य र त्यसलाई हासिल गर्ने विस्तृत योजना पेश गर्नुपर्नेछ, जुन विशेष वेबसाइटमा सार्वजनिक गरिनेछ।यस्ता घोषणा गर्ने कम्पनीहरूलाई सरकारद्वारा ठूलो पूँजी लगानी परियोजनामा समर्थन गरिनेछ, जसअन्तर्गत कारखाना निर्माण र सुधारका लागि अधिकतम ५०० मिलियन येनसम्मको अनुदान उपलब्ध गराइनेछ।
अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले कर छुट दिने योजना तथा व्यवसायिक प्रबन्धकहरूबीच सञ्जाल विस्तार गर्न विशेष कार्यक्रम आयोजना गर्ने विषयमा समेत विचार गरिरहेको छ।
क्षेत्रीय उद्यमको विकासलाई प्राथमिकता
अहिले जापानमा वार्षिक बिक्री १० अर्ब येन वा सोभन्दा बढी भएका कम्पनीहरूको संख्या करिब ४,५०० रहेको छ, तर तीमध्ये धेरैजसो महानगरीय क्षेत्रमा केन्द्रित छन्।
मन्त्रालयका एक अधिकारीका अनुसार, “ग्रामीण क्षेत्रमा रहेका साना तथा मध्यम व्यवसायहरूको वृद्धि क्षेत्रीय पुनरुत्थानका लागि अत्यावश्यक छ। पहिलो चरणमा, धेरै कम्पनीहरूलाई यो योजना अन्तर्गत घोषणा गर्न प्रोत्साहित गर्नेछौं।”
यस योजनाले ग्रामीण क्षेत्रमा व्यवसायको विस्तार गरी स्थानीय अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




