जापानमा नेवाःहरूको क्रियाशील संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापान ले गुफा (बारा) को आयोजना गर्ने भएको छ।अप्रिल १२ तारिख, शनिबारका दिन टोकियो ईचिगाया स्टेशन नजिक अवस्थित बिहारमा गुफा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष रूपेश डंगोलले दिनुभएको छ।
डंगोलका अनुसार, यही मार्च १ तारिखका दिन सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) सम्पन्न गरिसकेपछि, बालिकाका अभिभावकहरूबाट गुफा (बारा) आयोजना गर्न अनुरोध आएको थियो। यसलाई ध्यानमा राख्दै, संस्थाले आवश्यक तयारीहरू गरिरहेको जानकारी उहाँले दिनुभयो।
नेवारी संस्कार अनुसार, कुनै पनि बालिका किशोरावस्थामा प्रवेश गरेपछि गुफा (बारा) राखिन्छ। बालिका महिनावारी हुनु केही वर्षअघि नै घाम नपस्ने अँध्यारा कोठामा १२ दिनसम्म गुफा बस्ने परम्परा छ, जसलाई सूर्यसँग विवाह गरिएको रूपमा लिइन्छ। यसलाई दोस्रो विवाह पनि मानिन्छ, किनभने यसअघि बालिकाहरूको बेल विवाह (ईही) गर्ने परम्परा रहिआएको छ।
हाल, लामो समयसम्म गुफा बस्ने चलनले धेरै चुनौतीहरू ल्याएको कारण एक रात मात्र बौद्ध विहारमा गुफा राख्ने नयाँ परम्परा नेपालमा प्रचलित हुँदै आएको छ। यही परम्परालाई जापानमा पनि अनुसरण गर्दै एक रातको गुफा कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकार ले जानकारी दिनुभयो।
जापानमा हुने गुफा (बारा) कार्यक्रममा सहभागी गराउन इच्छुक अभिभावकहरूले अप्रिल १ तारिखसम्म नाम टिपाउन आग्रह गरिएको छ।
सम्पर्क नं: ०८०-६५५५-६६६७
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




