टोकियो/जापान। जापानको कृषि, वन तथा मत्स्य मन्त्रालयका अनुसार सन २०२४ मा उत्पादन भएको खैरो चामलको थोक विक्रेताहरूले तिरेको औसत मूल्य गत फेब्रुअरी महिनामा लगातार छैटौँ महिनासम्म नयाँ कीर्तिमान कायम गरेको छ।
औसत मूल्य ६० किलोग्रामका लागि २६,४८५ पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७३% ले वृद्धि भएको हो। यो मूल्य अघिल्लो महिनाको तुलनामा ५५८ अर्थात् २% ले पनि बढेको छ।
यो मूल्य चामल थोक विक्रेताहरू र किसानहरूबाट चामल सङ्कलन गर्ने संस्था, जस्तै कि नेशनल फेडरेशन अफ एग्रिकल्चरल कोअपरेटिभ एसोसिएशन्स (Zen-Noh) बीचको औसत कारोबार मूल्य हो। मन्त्रालयले सन २००६ मा उत्पादन भएको चामलदेखि यस्ता तथ्याङ्क सङ्कलन गर्न थालेको हो।
फेब्रुअरी महिनासम्मको औसत बिक्री मूल्य २४,३८३ पुगेको छ। यो सन १९९३ मा उत्पादन भएको चामलको औसत मूल्य २३,६०७ भन्दा पनि उच्च हो। जापानमा सन १९९३ मा गम्भीर रूपमा चामल अभाव भएको थियो।
होक्काइदोमा उत्पादन भएको नानाचुबोशी चामल २८,०२० मा कारोबार भयो, जुन एक वर्षअघिको तुलनामा ८०% ले वृद्धि भएको हो।आकिता प्रिफेक्चरको अकिता कोमाची २५,६३४ मा कारोबार भयो, जुन ६७% ले वृद्धि भएको हो। निगाता प्रिफेक्चरको कोशिहिकारी २५,७८६ मा कारोबार भयो, जुन ५३% ले वृद्धि भएको हो।चामल सङ्कलन गर्ने र किन्नेहरूबीचको बढ्दो प्रतिस्पर्धाका कारण विभिन्न ब्रान्डहरूको मूल्य तीव्र रूपमा बढिरहेको छ।
सन २०२५ मा चामल उत्पादन वृद्धि गर्ने योजना
जनवरीको अन्त्यसम्म, १९ वटा प्रिफेक्चरहरूले सन २०२५ मा चामल उत्पादन बढाउने योजना बनाएको कृषि मन्त्रालयको सर्वेक्षणले देखाएको छ। चामलको मूल्य उच्च भएकाले किसानहरूलाई चामल खेती गर्न प्रेरित गरिरहेको छ। गत वर्षको तुलनामा, उत्पादन बढाउने योजना बनाउने प्रिफेक्चरहरूको सङ्ख्या ५ बाट १९ पुगेको छ।
पूर्वी जापानका प्रमुख चामल उत्पादन केन्द्रहरूले चामल उत्पादन बढाउने संकेत गरे पनि २४ वटा प्रिफेक्चरले सम २०२४ जस्तै उत्पादन कायम राख्ने योजना बनाएका छन्, भने ४ वटा प्रिफेक्चरहरूले उत्पादन घटाउने योजना बनाएका छन्।
मुख्य खाद्यान्नका रूपमा प्रयोग हुने चामलको कुल खेती क्षेत्र १.८% ले बढेर १२.८ लाख हेक्टर पुग्ने अनुमान गरिएको छ।चामल उत्पादन र मागको सन्तुलन मिलाउन, कृषि मन्त्रालयले प्रत्येक वर्ष जनवरीको अन्त्यमा सर्वेक्षण गर्छ र अप्रिल तथा जुन महिनामा थप अनुगमन गर्छ। उत्पादकहरूको इच्छाअनुसार खेती क्षेत्र परिवर्तन हुन सक्ने सम्भावना छ।
सरकारी सञ्चित चामलको दोस्रो लिलामी अर्को हप्ता
कृषि मन्त्रालयले बुधबार घोषणा गरेअनुसार, सरकारी सञ्चित चामलको दोस्रो लिलामी मार्च २६ देखि २८ सम्म आयोजना गरिनेछ।यस लिलामीमा ३५ किसिमका ७० हजार टन चामल समावेश हुनेछन्, जसमध्ये ४० हजार टन चामल २०२४ मा उत्पादन भएको हो भने ३० हजार टन चामल २०२३ मा उत्पादन भएको हो।
सफल लिलामीकर्ताहरूले अप्रिलको मध्यदेखि चामल प्राप्त गर्न सक्नेछन्। मन्त्रालयले बजारमा चामलको उपलब्धता बढाउने र मूल्य घटाउन मद्दत पुग्ने अपेक्षा गरेको छ।
सरकारले कुल २ लाख १० हजार टन सञ्चित चामल बजारमा ल्याउने योजना बनाएको छ। पहिलो चरणमा १ लाख ५० हजार टन चामल मार्च १०-१२ को लिलामीमा राखिएको थियो। त्यसमध्ये ९०% (१ लाख ४१ हजार ७९६ टन) चामल बिक्री भइसकेको छ, जसको औसत लिलामी मूल्य ¥२१,२१७ प्रति ६० किलोग्राम रहेको थियो।
सरकारले पहिलो लिलामीमा बिक्री भएको चामल मंगलबारदेखि वितरण गर्न थालेको छ, र यो चामल मार्चको अन्त्यसम्म बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




