टोकियो/जापान। म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय समिति नागोयाले जापानमा रहेका नेपाली विद्यार्थीहरूलाई लक्षित गरी ‘जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२५’ (Japanese language Speech Contest 2025”आयोजना गर्ने भएको छ। जापानी भाषामा अभिव्यक्त हुन सक्ने क्षमताको विकास गर्दै भाषागत ज्ञानलाई टेवा पुर्याउने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। साथै, प्रतियोगिताबाट संकलित सहयोग वीरगञ्ज कृषि औजार कारखानालाई प्रदान गरिनेछ।

स्माईल मोबाईल रेमिट्यान्सको मुख्य प्रायोजनमा आयोजना हुन लागेको यो प्रतियोगिता आगामी मे ११ तारिख, आइतबार, नागोयास्थित ओका खाइकान सभाहलमा सम्पन्न हुनेछ। मोना नागोयाको आयोजनामा हुने यस प्रतियोगितामा मोना जापान, गैरआवासीय नेपाली संघ (NRNA) नागोया तथा नेपाली विद्यार्थी संघ जापान(Nepalese Student Association Japan (Nesaj) को पनि सहयोग रहनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीहरूले अप्रिल १ देखि १० भित्र आफ्नो नाम, सम्पर्क नम्बर, नेपाल र जापानस्थित ठेगाना, अध्ययन गरिरहेको विद्यालयको नामसहित मोना नागोयाको आधिकारिक इमेल monanagoya2016@gmail.com मा आवेदन दिनुपर्नेछ। प्रारम्भिक छनोटबाट उत्कृष्ट पाँच प्रतियोगीलाई अन्तिम चरणका लागि छनोट गरी प्रतिस्पर्धा गराइनेछ।

फाइनल चरणमा उत्कृष्ट ५  जना प्रतियोगीलाई स्टेजमै सम्मान गरिनेछ। प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विजेताहरूले क्रमशः १०, ७ र ५ मान येन नगद पुरस्कार, मायाको चिनो र प्रशंसा पत्र प्राप्त गर्नेछन्। साथै, टाढाबाट आउने प्रतियोगीहरूलाई आयोजकले २ मान येन यातायात खर्च उपलब्ध गराउनेछ।

मोना नागोयाले कार्यक्रमको प्रचार-प्रसारका लागि क्षेत्रीय समितिहरू, एनआरएनए जापानका १२ वटै क्षेत्र तथा नेपालिज स्टुडेन्ट एसोसिएसन जापान (Nesaj) मार्फत सहयोग लिने बताएको छ। साथै, अनलाइन मिडिया तथा डिजिटल प्लेटफर्महरू प्रयोग गरेर कार्यक्रमको जानकारी फैलाउने योजनासमेत गरिएको छ।

कार्यक्रम संयोजक सागर थापा बगालेले ‘जापानी भाषा वक्तृत्वकला प्रतियोगिता २०२५’ जापानमा रहेका नेपाली विद्यार्थीहरूका लागि जापानी भाषा तथा प्रस्तुतिकरण क्षमतामा निखार ल्याउने अवसर हुने बताएका छन्। साथै, प्रतियोगितालाई सफल बनाउन विद्यार्थीहरूलाई सहभागी हुन आग्रह गरेका छन्।

थप जानकारीका लागि मोना नागोयाको आधिकारिक इमेल monanagoya2016@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार