मिए/जापान। जापानको केन्द्रिय मिए प्रिफेक्चरकी २७ वर्षीया स्थानीय सभासद आयाका योशिदालाई ८,००० भन्दा बढी ज्यान मार्ने धम्कीपूर्ण इमेल पठाइएको छ। यी धम्कीहरू उनले सार्वजनिक शौचालयहरूमा महिनावारीसम्बन्धी सामग्री उपलब्ध गराउनुपर्ने विषयमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि आएको हो।
आयाका योशिदाले गत सोमबार स्थानीय प्रहरीमा उजुरी दिएकी छिन्। विधानसभा सचिवालयका अनुसार ती धम्कीपूर्ण इमेलहरू शुक्रबार राति ८ बजेबाट सोमबार दिउँसो ३:५० सम्म लगभग एक-एक मिनेटको अन्तरालमा पठाइएको थियो। सबै इमेलहरू एउटै ठेगानाबाट पठाइएको बताइएको छ।
ती इमेलहरूमध्ये एकमा उनको मजाक उडाउँदै लेखिएको थियो – “उनीजस्तो उमेरकी महिलाले आपत्कालीन स्यानिटरी प्याड बोक्न जान्नु पर्ने हो।”
योशिदाले गत हप्ता “म अचानक महिनावारी सुरु हुँदा समस्यामा परेँ, किनभने चु सिटी हलको शौचालयमा कुनै स्यानिटरी प्याड उपलब्ध थिएन। म चाहन्छु कि महिनावारी प्याड पनि ट्वाइलेट पेपरजस्तै उपलब्ध गराइयोस्।” भन्ने पोस्ट सामाजिक सञ्जाल ‘X’ मा गरेकी थिइन्।
सोमबार पत्रकार सम्मेलनमा उनले भनिन्, “यस्ता धम्कीहरूले मलाई तर्साउने र मिए प्रिफेक्चरल सभासदको रूपमा मेरो गतिविधिमा दबाब सिर्जना गर्ने काम गर्छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




