टोकियो/जापान । जापानमा सक्रिय बिहुँकोट समाज जापानले नेपाली नयाँ वर्ष २०८२ को अवसर पारेर विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। समाजले नयाँ वर्षको शुभकामना आदान–प्रदानसँगै कान्तो क्षेत्रीय समितिको गठन तथा बाल प्रतिभा प्रस्तुति कार्यक्रम (Child Talent Show) समेत गर्ने तयारी गरेको छ।
यो कार्यक्रम यही अप्रिल १४ तारिख टोकियोको कामतामा आयोजना गरिनेछ। समाजले प्रवासी नेपाली बालबालिकाको सिर्जनात्मकता, कलात्मकता र प्रतिभालाई जापानस्थित नेपाली समुदायमा उजागर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बताएको छ।
प्रतियोगिताका विधाहरू यस प्रकार छन्:
• नृत्य: नेपाली सांस्कृतिक नृत्यहरू
• गायन: नेपाली भाषामा गीतहरू
• कविता वा कथा वाचन: नेपाली भाषामा
• अन्य प्रतिभा: बालबालिकाको विशेष रुची अनुसार
कार्यक्रममा भाग लिन इच्छुक बालबालिकाका लागि दर्ता खुला गरिएको छ। ५ देखि २० वर्ष उमेर समूहका बालबालिका सहभागी हुन सक्नेछन् भने दर्ता शुल्क निःशुल्क रहेको छ। दर्ताको अन्तिम मिति भने यहि अप्रिल १२ तारिखसम्म निर्धारण गरिएको छ।
बिहुँकोट समाज जापानका अध्यक्ष दिपक प्रसाद कँडेलका अनुसार, “यो कार्यक्रमले बालबालिकाको प्रतिभा उजागर गर्ने मात्र होइन, नेपाली भाषा र संस्कृतिप्रति उनीहरूको आत्मीयता थप प्रगाढ बनाउने विश्वास लिएको छ।”
सम्पर्कका लागि अध्यक्ष दिपक प्रसाद कंडेल, संयोजक अशोक शर्मा (गोपाल) र उपाध्यक्ष रामु कंडेल सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
बिहुँकोट समाज जापानले सबै अभिभावक र आजिवन सदस्यहरूलाई बालबालिका सहभागी गराई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




