टोकियो/जापान। जापानमा एक्लै बसोबास गर्ने व्यक्तिहरूको संख्या बढ्दै जाँदा, जापानको प्रहरी एजेन्सीले संकलन गरेको तथ्यांक अनुसार, गत वर्ष प्रहरीद्वारा जाँच गरिएको करिब २ लाख ४ हजार १ सय ८४ मृतकहरूमध्ये करिब ३७ प्रतिशत , अर्थात् करिब ७६ हजार २० जना घरमै मृत अवस्थामा भेटिएका एक्ला व्यक्तिहरु रहेका थिए।
यसमध्ये केही मानिसहरू त मरेको एक वर्षभन्दा बढी समयपछि मात्रै फेला परेका पनि थिए। प्रहरीले यो तथ्यांक सरकारसँग सेयर गर्दै “एक्लोपनको कारण मृत्यु” वा “सम्पर्कविहीन अवस्थामा मृत्यु” को रोकथामका लागि नीति निर्माणमा सहयोग पुर्याउन चाहेको जनाएको छ।
प्रहरी एजेन्सीले, यस्ता एक्लोपनका कारण हुने मृत्युहरूको वास्तविकता बुझ्न, गत वर्ष देशभरका प्रहरीद्वारा जाँच गरिएका २ लाख ४ हजार १ सय ८४ वटा शवको बारेमा उमेर र बसोबासको अध्ययन गरेको थियो।
त्यस अनुसार,७६ हजार २० जना (३७ प्रतिशत) मानिसहरू एक्लै बस्ने र आफ्नै घरमा मृत भेटिएका थिए।
उमेरअनुसार विवरण हेर्दा:८५ वर्षमाथिका – १४ हजार ६५८ जना,७५ देखि ७९ वर्ष – १२ हजार ५६७ जना,७० देखि ७४ वर्ष – ११ हजार ६०० जना,६५ वर्षमाथिका मानिसहरूले ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्।
मृत्युपछिको समय अन्तरालको हिसाबले हेर्दा: १ दिनभित्रै फेला परेका – २८ हजार ७५६ जना,३१ दिनभन्दा बढी ढिलो फेला परेका – ६ हजार ९४५ जना,१ वर्षभन्दा बढी समयपछि फेला परेका – २५३ जना रहेका थिए।
प्रहरी एजेन्सीले यो विवरण प्रधानमन्त्री कार्यालय अन्तर्गतको एक्लोपन तथा एक्लोपनजन्य मृत्युसम्बन्धी नीति निर्माण समूहसँग साझा गर्दै, प्रभावकारी रणनीति निर्माणमा सहयोग पुर्याउने योजना बनाएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




