टोकियो/जापान। जापानको कोकुमिन मिनस्युतोउ नामक दलका नेता तामाकी युईचिरोले विदेशी नागरिकहरूको स्वास्थ्य बीमासम्बन्धी समस्याबारे बोल्दै ‘यो कुनै विभेद होइन, फरक विषय हो’, भुक्तानी नगर्ने, रकम छलेर जाने र महँगो उपचार प्रणालीको दुरुपयोगमा सुधार गर्नुपर्छ।”भन्ने अभिव्यक्ति दिएका छन् ।
कोकुमिन मिनस्युन्तोउ (国民民主党) का अध्यक्ष तामाकी युईचिरोले अप्रिल १४ तारिखमा आफ्नै X मा एक पोस्ट गर्दै टोकियोको शिनजुकु क्षेत्रमा रहेका विदेशी स्थायी(३ महिना भन्दा अधिक बसोबास गर्नेहरु)बासिन्दाहरूबाट राष्ट्रिय स्वास्थ्य बीमाको करिब २० अर्ब येन बराबरको शुल्कमध्ये केवल ८ अर्ब ७० करोड येन मात्र भुक्तानी गरिएको र बाँकी करिब ११ अर्ब येन जापानी नागरिकको करबाट व्यहोर्नु परेको बारे एक उद्धृत गरेका हुन् ।
उनले भने, “विदेशीहरूबाट बीमा शुल्क नतिर्नु, उपचार शुल्क छलेर जानु, र महँगो उपचार प्रणालीको अनुचित प्रयोगजस्ता विषयहरूमा सरकार स्वयंले वास्तविक स्थिति अध्ययन गरी उचित समाधान ल्याउनुपर्छ।”
त्यसैगरी उनले थप स्पष्ट पार्दै भने “यो कुनै विदेशीमाथिको विभेद होइन, यो बिल्कुलै फरक स्तरको समस्या हो। बरु समयमै उपयुक्त कदम चालिएन भने विदेशीहरूप्रति गलत धारणा फैलिन सक्ने खतरा छ, त्यसैले यथाशक्य चाँडो कार्यान्वयन आवश्यक छ।”
यसअघि फेब्रुअरी महिनामा पनि उनले आफ्ना सामाजिक सञ्जाल तथा टेलिभिजन कार्यक्रममा विदेशीहरूको जापानको स्वास्थ्य प्रणालीप्रति पहुँचबारे बोलेका थिए। केहीले उनलाई विदेशीहरुप्रति ‘भेदभाव’ गरेको आरोप समेत लगाएका थिए। उनले भनेका थिए, “९० दिनजति छोटो अवधिका लागि जापान आउने विदेशी नागरिक वा उनीहरूको आश्रितहरूले पनि लाखौँ येन बराबरको महँगो उपचार सेवा प्राप्त गर्न सक्ने अहिलेको व्यवस्थालाई अब थप कडाइका साथ पुनरावलोकन गर्न आवश्यक छ। कार्यरत जापानीहरूले धेरै मिहिनेत गरेर तिर्ने सामाजिक सुरक्षा शुल्क मुख्यतः जापानी नागरिकहरूको स्वास्थ्य र उपचारमा खर्च हुनु आवश्यक छ।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




