पछिल्लो समय नेपालीहरुको लागि अध्ययन तथा रोजगारीको लागि जापान पनि प्रमुख गन्त्यव्य भएको छ।जुनसुकै देश भएतापनि विद्यार्थीहरुको लागि केहि सङ्घर्ष र चुनौतीपुर्ण रहेको हुन्छ यसैगरी जापानमा पनि धेरै अवसर हुँदाहुँदै केहि चुनौतीहरु पनि रहेको छ।

विशेषगरी जापानको अधिकांश क्षेत्रमा जापानी भाषाको मात्रै प्रयोग हुने भएकोले विदेशी व्यक्तिहरुलाई सुरुमा केहि कठिन भएको हुन्छ। जापानमा समयको महत्त्व बुझेर इमान्दारी र अनुशासित भएर अघि बढ्न सक्ने हो भने भविष्य सुनिश्चित गर्न सहज छ। अन्य देशको तुलनामा जापानको शिक्षा प्रणाली केहि फरक रहेको पनि पाइन्छ्। विशेषगरी आर्थिक तथा पढाइको क्षमताले हेर्दा पनि मध्यम वर्गिय व्यक्तिहरुको लागि जापान धेरैको रोजाइमा परेको देखिन्छ। जापानमा अधिकांश विद्यार्थीहरुले भाषा विद्यालय र सेनमोन तथा दाइगाकु सकेर कम्पनी प्रवेश गरि जापानमै बस्ने गरेको पाइन्छ त्यसैले पनि सहजै भन्न सकिन्छ जापानको शिक्षा जापानकै लागि अति उत्तम मानिन्छ।

हरेक देश तथा क्षेत्रमा फरक फरक अवसर भए जस्तै जापानमा पनि नेपाली विद्यार्थीहरुको लागि विभिन्न अवसरहरु रहेका छन। पछिल्लो समय जापानमा आफ्नो अध्ययनलाई पुरा गरेर जापानका ठुला ठुला आइटी कम्पनी देखि अन्य कम्पनीहरुमा नेपालीहरुले काम गरिरहेका छन। त्यसैले जापानमा सफल हुनको लागि सबैभन्दा पहिले भाषा नै महत्त्वपुर्ण मानिन्छ। भाषाको स्तर राम्रो भयो भने विद्यार्थीमा हुँदा पनि केहि गाक्कोहरुले छात्रवृत्ति समेत प्रदान गर्दछन भने अध्ययन पुरा हुनु भन्दा पहिले नै सेनमोन तथा दाइगकुमै विभिन्न कम्पनीहरु आएर
वर्किङको लागि छनोट नै गर्दछन । जापानमा वर्किङ गर्नुभन्दा पहिले जापानी भाषा प्रवीणता परीक्षण जेएलपीटी N2 सम्म पास गर्न सकियो भने कम्पनी प्रवेशको लागि धेरै सहज हुने गर्दछ। जापानी भाषासँगै अंग्रेजी , हिन्दी भाषा पनि राम्रो भयो भने कम्पनी अनुसार थप सहज बन्न सक्दछ। जापानमा सुरुदेखि काम काम भन्नु भन्दा पनि भाषाको स्तरलाई सुधार गरि राम्रो गर्न सकियो भने जापानमा धेरै अवसरहरु सँगै आफ्नो भविष्य सजिलै सुरक्षित गर्न सकिन्छ।

जसरी जापानमा धेरै अवसरहरु रहेका छन ती अवसरहरुलाई प्राप्त गर्नको लागि उत्तिकै चुनौतीहरु पनि रहेका छन। विशेषगरी अधिकांश नेपालीहरुमा ब्याजमा रिन खोजेर जापान को यात्रा तय गर्नाले पनि पढाई भन्दा बढि कामतिर अग्रसर भएको देखिन्छ। केहि वर्ष आफु विद्यार्थी भएको कुरालाई ख्याल गरि धेरै पैसा कमाउने सपना भन्दा पनि आफुलाई भाषामा अब्बल बनाउन तिर लाग्नुपर्दछ। भाषाकै कारणले सेनमोन गाक्को तथा दाइगाकु प्रवेश गर्न नसक्ने विद्यर्थीहरु पनि रहेका हुन्छन साथै भाषाकै कारण कम्पनीमा अन्तर्वार्ता पास गर्न नसकी अन्त्यमा चर्को शुल्क तिरेर हाकेन कम्पनी धाउने गरेको पनि देखिन्छ। जापान केहि महङ्गो देश भएको हुनाले पनि अध्ययनसँगै आफ्नो जीवनशैलीलाई अगाडी बनाउन कठिन हुने गर्दछ। जापान सरकारले विद्यार्थीको लागि तोकेको कानुनी नियम अनुसार हप्तामा २८ घण्टा मात्रै काम गरेर प्राप्त आम्दानीले कलेज शुल्क बुझाएर खान बस्न देखि अन्य शुल्क तिर्नको लागि अपुग हुन्छ त्यसैले पनि अधिकांश विद्यार्थीहरु नगद भुक्तानी दिने कामको खोजिमा भौतारिरहेका हुन्छन। सुरुको केहि महिनासम्म अभिभावकहरुले पनि कुनै दबाब सिर्जना नगरी सकेसम्म पैसाको अभाव भएको अवस्थामा नेपालबाट व्यवस्था गर्दिन सक्ने हो भने धेरै सहज पनि हुने गर्दछ।

अन्य सम्बन्धित लेखहरु

यसकारण कान्साईमा हुने प्रथम नेपाल फेस्टिवललाई महत्त्वपुर्ण रुपमा हेरिएको छ।

यसकारण नेपाली विद्यार्थीहरुको लागि जापान कल्पना गरेको भन्दा फरक छ

नेपालबाट स्नातक पास गरेकाहरु सिधै जापानी कम्पनीमा कामदार भिषामा आउँदा सामना गर्नुपर्ने चुनौती तथा ध्यान दिनुपर्ने कुराहरु

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार