काठमाडौं/नेपाल। जापानमा उच्च शिक्षा हासिल गर्न चाहने नेपाली विद्यार्थीहरूका लागि एउटा अत्यन्तै महत्वपूर्ण अवसर खुलेको छ। नेपालस्थित जापानी राजदूतावासले सन् २०२६ का लागि जापान सरकारको प्रतिष्ठित “MEXT छात्रवृत्ति” कार्यक्रम अन्तर्गत विभिन्न श्रेणीहरूमा दरखास्त आह्वान गरेको छ।

विद्यार्थीहरूको शैक्षिक स्तरअनुसार आवेदन म्याद यसप्रकार छन्:पोस्ट-ग्र्याजुएट / अनुसन्धान विद्यार्थीहरू: २०८१ जेठ १९ (June 1, 2025)• स्नातक विद्यार्थीहरू: २०८१ जेठ ३१ (June 15, 2025)• विशेष तालिम कलेज विद्यार्थीहरू: २०८१ जेठ ३१ (June 15, 2025)साथै, शिक्षक तालिम (Teacher Training) छात्रवृत्तिका लागि आवेदन भने मंसिर महिनाबाट खुल्ने जानकारी पनि दिइएको छ।

किन महत्वपूर्ण छ यो छात्रवृत्ति?
“MEXT Scholarship” जापान सरकारद्वारा प्रदान गरिने पूर्ण छात्रवृत्ति हो, जसले शुल्करहित शिक्षाको साथै बसोबास भत्ता, यातायात खर्च र अन्य आवश्यक सहुलियतहरू पनि उपलब्ध गराउँछ। यस छात्रवृत्तिको प्रतिस्पर्धा अन्तर्राष्ट्रिय स्तरमै गनिन योग्य हुन्छ, र यसले विद्यार्थीलाई जापानको गुणस्तरीय शिक्षा प्रणालीमा पुग्ने ढोका खोलिदिन्छ।

अन्य महत्वपूर्ण कुराहरू: • आवेदन प्रक्रिया निशुल्क छ।• आवेदन नेपालस्थित जापानी राजदूतावास वा जापानका विश्वविद्यालयमार्फत मात्र मान्य हुनेछ।• कुनै व्यक्तिबाट शुल्क माग भएमा त्यो नक्कली वा असम्बन्धित संस्था हो भन्ने बुझ्नुपर्नेछ।

थप जानकारी र आवेदनको लागि:
विद्यार्थीहरूले दुतावासको वेवसाईटमा  गएर विस्तृत विवरण प्राप्त गर्न सक्नेछन् वा जापानी राजदूतावासमा प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

विदेशमा अध्ययनको सपना देखिरहनुभएको छ भने, यो छात्रवृत्ति तपाईंको जीवन बदल्ने अवसर हुन सक्छ। योग्य हुनुहुन्छ भने समयमै आवेदन दिन नबिर्सनुहोस्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार