टोकियो/जापान। जापानमा निर्माण गर्न लागिएको नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल सन २०२४ मा ८० लाख बढि मुनाफा भएको छ।
“नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन ।”भन्ने उद्घोषका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापान र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गत नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन सम्पन्न नेपाल फेस्टिवल आयोजक मूल समितिद्वारा आईतबार टोकियोमा आय व्यय सार्वजनिक गर्दै उक्त जानकारी गराइएको हो।
नेपाल फेस्टिवलमा कुल आम्दानी २ करोड ३४ लाख ६ हजार १ सय ११ जापानी येन भएको र कुल खर्च १ करोड ५० लाख २३ हजार ३ सय हुँदा कुल बचत ८३ लाख ८२ हजार ८ सय ११ भएको १४ औं नेपाल फेस्टिवल २०२४ का आर्थिक व्यवस्थापन संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरेले उक्त कार्यक्रममा जानकारी गराएका हुन् ।
फेस्टिवलमा राखिएका रेष्टुरेन्टका स्टलबाट ४८ लाख, सेवामुलक स्टलबाट ३६ लाख १० हजार र सहयोगीदाताहरुबाट १ करोड ४९ लाख ९६ हजार १११ आम्दानी भएको जानकारी गराउँदै आर्थिक व्यवस्थापन संयोजक गैरेले उक्त रकम मध्य ४२ लाख १० हजार रकम उठ्न बाँकी रहेको बताए।
फेस्टिवलको आय व्यय सार्वजनिक गर्दै संयोजक गैरेले बोलकबोल रकम मध्य उठ्न बाँकी रहेका सहयोगदातालाई आगामी हप्तासम्म रकम जम्मा गर्न अनुरोध गरिएको सो अवधिसम्ममा रकम जम्मा नभएमा बोलकबोल रकम मध्य जम्मा भएको रकम र जम्मा नगरेको रकम भनेर अधिकारी फेसबुक पेज मार्फत सार्वजनिक गरिने बताए ।
आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सफलतापूर्वक र सार्थकतापूर्वक नेपाल फेस्टिवल सम्पन्न गरिएकोमा खुशी व्यक्त गर्दै १४ औं नेपाल फेस्टिवलले राखेको उद्देश्य पूरा गर्नका लागि तदारुकताका साथ लाग्न आग्रह गरे। साथै आफूले समेत नेपाल हाउस निर्माणका लागि हरेक कोणबाट सहयोग गर्ने प्रतिवद्धता व्यत गरे।
कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रोबिन शेरचनले जापानवासी सम्पूर्ण नेपालीको साथ र सहयोगमा नेपाल फेस्टिवल भव्यतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै अझ नाफामा जानु सकारात्मक भएको बताए।
नेपाल फेस्टिवल आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले जापानमा नेपाल फेस्टिवल आयोजना गर्न टोकियोबाट सुरुवात भएको महासंघसंगको सहकार्य क्षेत्र क्षेत्रमा अझ झाँगिदै गरेकोमा सहकार्य सार्थकता पाएको बताउँदै सम्पन्न फेस्टिवलले आफ्नो उद्देश्य परिपूर्ति गर्न सकेको आफूलाई महसुस भएको बताए।
कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक क्षेत्रका उप संयोजक तथा विहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेल, महिला सयोजक अनिता गुरुङ, एनआरएनए जापानका प्रमुख संरक्षक शिव प्रसाद पौडेल, संरक्षक देविलाल भण्डारी, सल्लाहकार बाबुराम भण्डारी, विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी बलराम उपाध्याय लगायतले नेपाल फेस्टिवल भव्य रूपमा सम्पन्न भएको बताएका थिए।
कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता महासचिव टिकाराम खरेलको सञ्चालन र उपाध्यक्ष सचिन श्रेष्ठको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो।
२०२४ नोभेम्बर ३० र डिसेम्बर १ तारिखका दिन जापानको राजधानी टोकियोको नाकानो सिकिनोमोरी पार्कमा १४ औं नेपाल फेस्टिवल-२०२४ सम्पन्न भएको थियो।
(खगराज गौतमको संयोजनमा प्रकाशित)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




