टोकियो/जापान। जापानले सन् २०२६ अप्रिलदेखि नयाँ संशोधित सडक यातायात ऐन लागू गर्ने भएको छ, जसअनुसार मोबाइल फोन चलाउँदै साइकल चलाउने वा ट्राफिक बत्तीको पालना नगर्ने जस्ता साना उल्लङ्घनका घटनामा पनि जरिवाना गरिनेछ, प्रहरी कार्यालयले बिहीवार जानकारी दिएको छ।
अबको व्यवस्था अनुसार, अप्रिल १, २०२६ देखि १६ वर्ष वा सोभन्दा माथिका व्यक्तिहरूलाई यस्ता साना उल्लङ्घनका लागि “ब्लू टिकट” दिइनेछ। यो ब्लू टिकट प्रणाली अन्तर्गत जरिवाना तिरेपछि अभियोग लगाईनेछैन। यसले करिब १ सयभन्दा बढी किसिमका सवारी उल्लङ्घनहरू समेट्नेछ। जापान सरकारले साइकल प्रयोगकर्ताहरूको बढ्दो नियम उल्लङ्घनलाई नियन्त्रण गर्न यस्तो कदम चालेको हो।
हालको अवस्थामा, साइकल यात्रीलाई केवल करिब २० वटा गम्भीर अपराधका लागि मात्र “रेड टिकट” दिइन्छ, जस्तै अत्यधिक मादक पदार्थ सेवन गरी साइकल चलाउनु। रेड टिकट पाएको अवस्थामा अनुसन्धान गरी आपराधिक प्रक्रिया अघि बढ्ने सम्भावना हुन्छ, जसले प्रहरी र आरोपी दुवैलाई झन्झट दिने गर्दछ।
अब लागू हुने ब्लू टिकट प्रणाली अन्तर्गत प्रहरीले प्रयोगकर्ताले निर्देशन नमान्दा वा सडकमा खतरा निम्त्याउने व्यवहार देखाउँदा पनि ब्लू टिकट दिन सक्नेछ।
जरिवाना दरहरू निम्नानुसार तोकिएको छ:मोबाइल फोन प्रयोग गर्दा वा स्क्रिनमा ध्यान दिँदै साइकल चलाउँदा – १२,००० येन,ट्राफिक बत्ती नमान्दा – ६,००० येन,छाता समातेर वा इयरफोन प्रयोग गरेर साइकल चलाउँदा – ५,००० येन,दुई जना एउटै साइकलमा चढेर यात्रा गर्दा – ३,००० येन ।
संशोधित ऐन अनुसार, अब साइकल यात्रीले सकेसम्म सडकको बायाँ पट्टि चलाउनुपर्नेछ भने अन्य सवारी साधनले सडकमा साइकल पार गर्दा सुरक्षित गतिमा अघि बढ्नुपर्नेछ।
कोरोना महामारीपछिको समयमा साइकल प्रयोग बढेपछि दुर्घटनाहरूमा पनि वृद्धि भएको भन्दै सरकारले साइकल यातायातलाई सुरक्षित बनाउनेतर्फ चासो देखाएको हो। यसअघि, सन् २०२४ नोभेम्बरमा मादक पदार्थ सेवन गरी साइकल चलाउने वा मोबाइल फोन प्रयोग गरेर सडकमा खतरा सिर्जना गर्ने व्यक्तिलाई जेल सजाय र जरिवानाको प्रावधानसमेत समावेश गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




