जापानमा बसोबास गर्दै आउनुभएका अधिकांस व्यक्तिहरुलाई थाह छ कि हरेक वर्ष अप्रिल अन्त्यबाट मे पहिलो सातासम्म गोल्डेन विक भनेर जापानमा लामो विदा हुनेगर्दछ ।

गोल्डेन विक यो अंग्रेजी शब्द भएता पनि यसलाई जापानी भाषामा यहि नामबाट स्वीकार गरेको देखिनेछ । यसलाई जापानीहरु चाहीँ काताकानमा ゴールデンウィーク लेख्ने गर्दछन् । खासमा यो विदालाई जापानी भाषामा चाहीँ (黄金週間)ओउगोनस्युखान लेखिने गरिन्थ्यो जस्को अर्थ चाहीँ गोल्डेन विक नै हो । तर पछिल्ला केहि वर्ष यता गोल्डेन विक नै स्थापित नाम भएको छ । त्यसो त यो लामो बिदाको अबधी भएकाले यसलाई (大型連休) ओगातारेन्क्यु पनि भनिन्छ ।

गोल्डेन विक खासमा के हो ?

गोल्डेन विक, हरेक वर्ष अप्रिलको अन्त्यबाट मे महिनाको पहिलो सातासम्म पर्ने विभिन्न राष्ट्रिय बिदाहरुको संयुक्त नाम हो । अझ भनौँ यो गोल्डेन विक भनिने लामो बिदाको अवधीमा विभिन्न राष्ट्रिय विदाहरु समावेश छन् ।

के के हुन त गोल्डेन विक भित्र पर्ने राष्ट्रिय बिदाहरु ?

गोल्डेन विकको सुरुमा २९ अप्रिलको दिन शोवा दिवस पर्दछ । यो जापानको पूर्व सम्राट शोवाको जन्मदिन हो । यस पछि मे ३ तारिख जापानको संविधान दिवस (憲法記念日)हो । जापानमा संबिधान बनेको दिनको उपलक्षमा यस दिन बिदा दिईने गरिन्छ । मे ४ तारिख हरियाली दिवस ( みどりの日) पर्दछ । भने यस्तै मे ५ तारिख बालदिवस( 子どもの日) पर्दछ । सरसरती हेर्दा गोल्डेन विक ४ वटा राष्ट्रीय विदाहरुको संयुक्त रुप हो । तर यो बिचमा शनिबार आईतबार जस्ता सार्वजनिक बिदा पनि पर्ने भएकाले कम्तिमा पनि १ साता लामो बिदा पर्दछ । त्यसैले जापानमा गोल्डेनविक नयाँवर्षपछिको लामो बिदा हो ।
जापानमा गोल्डेनवीक कहिलेबाट मनाउन थालियो त ?

जापानमा सन १९४८ मा राष्ट्रिय बिदा कानुन बनेपछि विभिन्न विदाहरु व्यवस्थितरुपमा क्यालेन्डरमा समावेश भएको पाईन्छ । त्यहि आधारमा भन्ने हो भने यो लामो विदाको सुरुवात सन १९४८ देखि भयो । तर गोल्डेनविक भनेर नामाकरण चाहीँ सन १९५१ मा चलचित्र “जिउ गाक्को” भन्ने चलेपछि भएको ईतिहास भेटिन्छ । किनभने, त्यो चलचित्र यहि लामो बिदाको समयमा चलाईएको थियो । र यसले त्यो समयमा यति ठूलो कारोबारको रेकर्ड राख्यो कि नयाँ वर्ष तथा ओबोन जस्ता पुरानो र लामो बिदाको अवसरमा हुने कारोबारलाई पनि उछिनी दियो । त्यसैले चलचित्र निर्माता तथा संचालकहरुले यो अवधीलाई गोल्डेनविक भन्न थाले र कालन्तरमा चलचित्र उद्योगलाई मात्र होईन यो विदा सबैका लागि सांच्चै गोल्डेन( सुनौलो) अवसर बनिदियो।

तर गोल्डेनविकमा सबै क्षेत्रको बिदा भने हुँदैन । यो समयमा अत्याधित व्यवसाय हुने भएकाले होटल तथा पर्यटन क्षेत्र तथा संचार तथा सुचनाका क्षेत्रसंग सम्बन्धित काम गर्नेहरुको भने कामको चटारो हुने समय हो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार