टोकियो/जापान। अनेसास जापानको ७४ औं नियमित साहित्यिक शृङ्खला अन्तर्गत समुन्द्रमाथि साहित्यिक यात्रा सम्पन्न भएको छ।
कार्यक्रम यही अप्रिल २७ तारिख जापानको खानागावा प्रिफेक्चरको योकोसुका सहरदेखि नजिकको सारूसिमा टापुमा पुगेक सम्पन्न भएको थियो। योकोसुका शहरबाट पानी जहाजको छोटो यात्रापछि पुगिने उक्त टापुमा नेपाली साहित्यिक कार्यक्रम आयोजना गरेको यो जापानमै पहिलो पटक हो ।
संस्थाका अध्यक्ष अरुण पौडलको अध्यक्षतामा सुरु गरिएको कार्यक्रममा अनेसासका बोर्ड अफ ट्रस्टी उपसभापति तथा पूर्व अध्यक्ष बिष्णु प्रसाद घिमिरे ,केन्द्रीय पूर्व अध्यक्ष प्रकाश पौडेल माइला,पूर्व अध्यक्षहरू दीप पाठक, गिरिजा गैरे,चितवन समाज जापानका पूर्व अध्यक्ष राजन कुमार श्रेष्ठ,गुल्मेली समाज कान्तो संयोजक कृष्ण भण्डारी,ब्यवसायी राजु कार्की,राजेन्द्र अर्याल बलेवा समाज जापानका अध्यक्ष महेन ढकाल लगायत ६० जाना भन्दा बढी साहित्य अनुरागीहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा दीप पाठक, अरुण पौडेल, प्रकाश पौडेल माइला, विश्ववन्धु भण्डारी, समर प्रेम, लक्ष्मण भन्तना शिरिष, दीपा घिमिरे सुभास पोखरेल लगायतका स्रष्टाहरूले आआफ्ना रचना वाचन गरेका थिए।
केही औपचारिक र केही अनौपचारिक कार्यक्रमहरू सहित सम्पन्न कार्यक्रममा गजल,मुक्तक ,कविताहरू समुन्द्रलाई साक्षी राखेर सुनाँदा माहोल झनै सुन्दर बनेको थियो। बिभिन्न सहभागीहरूले ल्याएका भएका नेपाली परिकारहरू सेल, अचार,जेरी ,बिरियानी, चटपट आदिको स्वाद ग्रहण सँगै नयाँ वर्ष २०८२ को शुभकामना आदान- प्रदान गरी सम्पन्न भएको थियो।
समुन्द्रमाथि गरिएको यस साहित्यिक कार्यक्रम सुन्दर र बिशेष रहेको, बाक्लो उपस्थितिले कार्यक्रम भव्य बनेको र यस प्रकारको छोटो भ्रमण सहितको कार्यक्रमले आत्मियता, भाइचारा बढाउँदा साहित्य सिर्जनालाई प्रेरणा दिने भएकाले यस्तो प्रकारको कार्यक्रमको निरन्तरताको लागि बक्ताहरूले बिचार राखेका थिए।
संस्थाका वरिष्ठ उपाध्यक्ष आनन्द अधिकारीको संयोजन रहेको कार्यक्रममा सस्थाका महासचिव अनिल कुमार निर्दोषले सहजीकरण गरेका थिए ।छोटो यात्रासहित समुद्रमाथिको यस सुन्दर कार्यक्रमलाई सम्पन्न गर्न उत्साहजनक उपस्थिति जनाउने सम्पूर्णमा अध्यक्ष अरुण पौडेलले धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै साथ र सहभागिताको लागि अनुरोध गरे ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




