टोकियो/जापान। जापानमा करिब ४५ प्रतिशत पूर्णकालीन कर्मचारीहरू ‘चुपचाप राजीनामा’ दिएर जागिर छाड्ने गरेको पछिल्लो एक सर्वेक्षणले देखाएको छ। यस्तो तथ्य रोजगारी मिलाउने कम्पनी माइएनाभी द्वारा गरिएको एक सर्वेक्षणमा देखाइएको हो ।

२० देखि ५९ वर्ष उमेर समूहका ३ हजार उत्तरदातामध्ये यो प्रवृत्ति युवापुस्तामा झन् प्रस्ट देखिएको छ । २० वर्ष उमेर समुहका कर्मचारीहरु मध्ये ४६.७ प्रतिशतले आफू ‘चुपचाप राजीनामा’ गर्ने कर्मचारी भएको स्वीकार गरेका छन् । जसले कम प्रेरित भएको श्रमशक्तिको संकेत गर्छ, जहाँ कामभन्दा जीवन सन्तुलनलाई प्राथमिकता दिइन्छ।

“हामी देख्न सक्छौं कि ‘चुपचाप राजीनामा’ अब सामान्य रूपमा विकसित हुँदैछ,” माइनाभी करियर रिसर्च ल्याबकी अनुसन्धानकर्ता अकारी आसाहिनाले भनिन्। “मानिसका मूल्यहरू विविध बन्दै गएकाले कम्पनीहरूले पनि व्यक्तिगत विविध मूल्यहरूलाई स्वीकार गर्नुपर्ने र त्यही अनुसार लचिलो कार्यशैली प्रदान गर्न आवश्यक छ।”

गत हप्ता सार्वजनिक गरिएको सो सर्वेक्षण अनुसार, आफूलाई ‘चुपचाप राजीनामा’ गर्ने बताउनेमध्ये करिब ६० प्रतिशत उत्तरदाताहरू आफूले त्यसबाट प्राप्त गरेको फाइदाबाट सन्तुष्ट देखिए, विशेषतः काम र कामबाहिरको समय कसरी बिताइन्छ भन्ने कुरामा। सोही समूहका ७० प्रतिशतभन्दा बढीले भविष्यमा पनि यस्तै अभ्यास जारी राख्न चाहेको बताएका छन्।

‘चुपचाप राजीनामा’ भन्ने शब्द सन् २०२२ मा अमेरिकाबाट सुरु भएको हो जुन टिकटकमा भाइरल भएपछि संसारभर फैलिएको थियो। यस सोचमा बस्नेहरू आफ्नो कामको जिम्मेवारी मात्र पूरा गर्छन्, तर पदोन्नति वा तलब बढाउनेतर्फ प्रयास गर्दैनन्।

माइनाभीको सर्वेक्षण अनुसार जापानी कामदारहरू ‘चुपचाप राजीनामा’ गर्नेजस्ता बन्नुका चार प्रमुख कारणहरू छन्: आफूले गर्न चाहेको कार्य र वर्तमान कार्यस्थलबीच मेल नहुनु,आफ्नो मूल्यांकनप्रति असन्तुष्टि,कामको लागत–लाभलाई प्राथमिकता दिनु — अर्थात् पदोन्नतिले व्यक्तिगत समय र मेहनत बढी खर्च हुने भएकाले त्यसको सट्टा अहिलेको स्थितिमा बसिरहनु,करियर प्रगतिको विषयमा कुनै चासो नै नभएको

सर्वेक्षणमै मानव संसाधन विभागका ३८.९ प्रतिशत उत्तरदाताहरूले ‘चुपचाप राजीनामा’ गर्ने व्यवहारप्रति सकारात्मक प्रतिक्रिया जनाए, भनिरहेका थिए कि सबैको कार्यशैली फरक हुने भएकाले त्यस्ता सोच भएका कर्मचारीहरूप्रति विचार गरिनु आवश्यक छ।त्यस्तै, ३२.१ प्रतिशतले भने यस्तो प्रवृत्तिले संस्थाको समग्र मनोबलमा असर पार्न सक्ने भन्दै नकारात्मक धारणा प्रस्तुत गरेका छन्।

‘चुपचाप राजीनामा’ को अवधारणा सुरु भएयता यो विश्वभर फैलिएको छ। अमेरिकी अनुसन्धान संस्था ग्यालपले सन् २०२३ मा सार्वजनिक गरेको एक रिपोर्ट अनुसार विश्वभर करिब ५९ प्रतिशत कर्मचारीहरू यस्तै शैलीमा काम गरिरहेका थिए।अर्कोतर्फ, अझ आक्रोशपूर्ण रूपमा काम छाड्ने ‘प्रतिशोधपूर्ण राजीनामा’ (revenge quitting) भन्ने प्रवृत्ति पनि बढ्दै गएको देखिन्छ।

कम तलब र अवसरको कमीप्रति असन्तुष्ट कर्मचारीहरूले खुलेआम आवेगपूर्ण ढंगमा जागिर छाड्ने यो प्रवृत्ति विस्तारै देखिन थालेको हो। सफ्टवेयर परामर्शदाता कम्पनी ‘सफ्टवेयर फाइन्डर’ले सन् २०२५ को जनवरीमा गरेको एक सर्वेक्षण अनुसार अमेरिका भित्र ४ प्रतिशत पूर्णकालीन कर्मचारीहरूले यस वर्ष ‘प्रतिशोधपूर्ण राजीनामा’ दिने सोचमा छन्।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार