गुन्मा, जापान । जापानको गुन्मा प्रिफेक्चरको कन्ना नगरले वितरण गरेको धाराको पानीका कारण अप्रिल महिनामा १४ जना बासिन्दा फुड प्वाइजनिङ (आहारजन्य विषाक्तता) बाट प्रभावित भएको खबर गुन्मा प्रिफेक्चरका अधिकारीहरूले सार्वजनिक गरेका छन्।
प्रभावित हुनेमा १० पुरुष र ४ महिला रहेका छन्, जसमा ९ वर्षभन्दा कम उमेरका बालबालिकादेखि लिएर ८० वर्षसम्मका वृद्धवृद्धा छन्। उनीहरूमा देखिएका लक्षणहरूमा पखला लाग्ने, पेट दुख्ने तथा ज्वरो आउने लगायतका थिए।यद्यपी, हालसम्म कसैलाई पनि अस्पताल भर्ना गर्नु परेको छैन र सबै बिरामीहरू बिस्तारै निको हुँदै गइरहेका छन्।
अप्रिल २१ तारिख, कन्ना नगरले प्रिफेक्चरल स्वास्थ्य केन्द्रलाई जानकारी गराएको थियो कि एइबारा क्षेत्रमा बसोबास गर्ने केही बासिन्दाहरूले अप्रिल १४ देखि १९ बीचमा ज्वरो र पखलाका लक्षण देखिएपछि स्वास्थ्य संस्थाहरूको सेवा लिएका थिए।
स्वास्थ्य केन्द्रले अनुसन्धान गर्दा, प्रभावित सबै व्यक्तिहरूले एउटै साझा तत्वको रूपमा धाराको पानी पिएको तथ्य फेला परेको थियो।
यसपछि नगरले एइबारा क्षेत्रमा पानी आपूर्ति गर्ने जलाशयबाट लिइएको पानीको परीक्षण गर्दा जल आपूर्ति ऐन अन्तर्गत तोकिएको पानीको गुणस्तर मापदण्ड उल्लंघन भएको पुष्टि भएको हो।
क्याम्पिलोब्याक्टर (Campylobacter) नामको ब्याक्टेरिया, जसले पखला र पाचनसम्बन्धी समस्याहरू ल्याउँछ, केही बिरामीहरूको दिसा परीक्षणमा भेटिएको स्वास्थ्य केन्द्रले जनाएको छ।
एनएचकेको रिपोर्टअनुसार, नगरले कृषि प्रयोजनको पानी जलाशयमा मिसिएर प्रदूषण भएको सम्भावना बताएको छ।
हाल प्रभावित क्षेत्रमा धाराको पानी पिउन नदिन सचेत गराउँदै नगरपालिकाले बोतलको पानी वितरण गरिरहेको छ। नगरले नयाँ स्रोतबाट पानी आपूर्ति गरिरहेको भए पनि, जाँच कार्य अझै जारी छ। सामान्य घरेलु प्रयोगका लागि पानी प्रयोग गर्न मिल्ने भए पनि पिउन भने नहुने सल्लाह दिइएको छ।
कन्ना नगरले आफ्नो वेबसाइटमा विज्ञप्ति जारी गर्दै भनेको छ – “एइबारा क्षेत्रका बासिन्दाहरू तथा सबै सरोकारवालाहरूप्रति भएको असुविधाका लागि हामी गहिरो क्षमा प्रकट गर्दछौं।”
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




