विद्यार्थी जीवन एक तहलाई समापन गर्दै अर्को तहमा पाइला प्रवेश गराउँदै अध्ययनको एउटा सार्थकतासँगै आफ्नो भविष्यलाई सुनिश्चित गर्ने यात्रा हो। देश तथा विदेश जहाँ भएपनि विद्यार्थी जीवन सङ्घर्षपुर्ण र जटिल अवस्थाहरुलाई आत्मसाथ गर्दै अघि बढ्न जरुरी पर्दछ भने हरेक विद्यार्थीको एउटै साझा उद्देश्य भनेको आफुले प्राप्त गरेको शिक्षाको विषय अनुसार आफ्नो ज्ञान तथा सीपलाई सहि स्थानमा पाइला टेकाउनु पनि रहेको हुन्छ।पछिल्लो समय जापानमा पनि निहो‌ङ्गो गाक्को अध्ययन गर्दै गरेका धेरै नेपाली विद्यार्थीहरु रहेका छन। विशेषगरी यतिबेला जापानी भाषा कक्षा अन्तर्गत दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरु पनि दाईगाकु तथा सेनमोन स्कुलको प्रवेश ढोका खोलि आफ्नो सिट सुनिश्चित गर्ने तयारी अवस्थामा रहेका छन।

पछिल्लो समय जापानमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरुको बढ्दो आगमनले गर्दा सेनमोन गाक्को र दाइगाकु प्रवेश प्रकृया तथा चयनको बाटो पनि निकै चुनौतिको रुपमा देखिन थालेको छ त्यसैले त्यो चुनौतीलाई एउटा अवसरको रुपमा परिवर्तन गरि सफलतालाई आफ्नो पक्षमा ल्याउन जरुरी हुन्छ। अधिकांश नेपाली विद्यार्थीहरुले भाषा सुधार तिर भन्दा पनि काम र पैसा तिर बढि ध्यान केन्दृत गर्ने हुनाले पनि भाषाकै कारण केहि जटिल अवस्था सिर्जना भएको देखिन्छ।
विशेषगरी जापानमा आगामी वर्ष 2026 अप्रिल बाट सुरु हुने नयाँ विद्यार्थी भर्ना प्रकृयाको लागि अहिलेबाट नै सेनमोन तथा दाईगाकुहरुले विभिन्न स्थानमा सेमिनार कक्षा सन्चालन गरि अबको केहि महिनाबाट नै लिखित तथा मौखिक परीक्षामा समावेश गराई विद्यार्थी छनोट प्रकृया अघि बढाउने गर्दछन भने अनलाइनबाट पनि परिक्षा लिने गर्दछन।यस प्रकृयालाई पुर्णता दिनको लागि गाक्कोमा सेन्सेइहरुसँग विभिन्न सुझाव सल्लाह लिएर अघि बढ्नुपर्दछ।सर्वप्रथम प्रवेश परीक्षामा सहभागि हुनको लागि तयारी गर्नुपर्ने केहि डकुमेन्ट प्रकृयागत कुराहरु भित्र सम्बन्धित गाक्कोबाट 願書(Applicationform)प्राप्त गरि Personal Data भर्नुपर्दछ ,नेपालबाट पास गरेको माथिल्लो तहको +2,Bachelor,Master)Transfer सर्टिफिकेटको जापानी भाषामाTranslation , पासपोर्ट र 在留カード (Residence card) को फोटोकपी ,गाक्कोबाट प्राप्त सेइसेकि स्योउमेइस्यो ,स्युउसेकि र सुइसेन्स्योउ तर सुइसेन्स्योउ सम्पुर्ण विद्यार्थीहरुले प्राप्त नगर्न पनि सक्छन र गाक्कोअनुसार नियम फरक-फरक पनि हुने गर्दछ सुइसेन्स्योउ भयो भने थप सहयोग तथा केहि रकम छुट पनि हुनसक्छ।यति गरिसकेपछि डकुमेन्ट बुझाएर परीक्षाको मिति निश्चित गरि बस्नुपर्दछ र गाक्कोले तोकेअनुसारको रकम बैङ्क खातामा डिपोजिट गर्दिनुपर्दछ।
लिखित तथा मौखिक परिक्षाको तयारी
विशेषगरी लिखित तथा मौखिक परिक्षामा सोधिने सम्भावित प्रश्न तथा केहि नमुनाहरु यसप्रकार छन;
लिखित परिक्षामा 文法,文字,語彙 बाट सामन्य प्रश्नहरु त्यसैगरी 漢字=ひらがな, ひらがな=漢字,作文 र केहि Mathmatics प्रश्नहरु सोधिने गर्दछन।
मौखिक परिक्षा(Interview Examination)
विशेषगरी मौखिक परिक्षामा हरेक विद्यार्थीहरुको भाषाको तह मापन गर्नलाई विभिन्न प्रश्नहरु सोधिने गर्दछन जस्तै;
जापानमा अध्ययनको लागि आउनुको मुख्य कारण,आफ्नो अभिभावकको आम्दानीको मुख्य स्रोत,जापानमा आफुलाई मन पर्ने तथा असहज लागेका पक्षहरु, सुरुका दिनमा जापानमा भोगेका विभिन्न परिस्थितिहरु, आरुबाइतोबाट प्राप्त अनुभवहरु, सम्बन्धित गाक्को छनोट गर्नुको उद्देश्य ,सम्बन्धित विषय छनोट गर्नुको उद्देश्य ,स्योउखाईको माध्यम,जापानी मन पर्ने खाना तथा आफ्ना रुचिका विभिन्न क्षेत्रहरु लगायत विभिन्न किसिमका यस्तै यस्तै प्रश्नहरु सोधिन सक्छ त्यसैले पुर्वतयारी गरि बस्नुपर्दछ।
सेनमोन गाक्को तथा दाईगाकुमा छनोट गर्न सकिने विषय तथा क्षेत्रहरु
सेनमोन गाक्को(専門学校); २ वर्षे कक्षा सन्चालन हुने सेनमोन गाक्कोहरुमा IT,Global IT business,Hotel Mangement ,Fashoin Design , काईगोस्या (Caregiver) लगाएत अन्य क्षेत्रहरुसँग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ ।आफुले पढेको विषयसँग सम्बन्धित कम्पनीमा नाइयो ( विषयक्षेत्र)मिलाउनु पर्ने हुँदाअ आफुले काम गर्न चाहेको विषय छनोट गरि अघि बढ्नुपर्दछ ।Fashion Design तिर जाँदा नेपालबाट दाइगाकु छैन भने कम्पनी पाउन गार्हो हुन्छ र त्यसैले अहिले नै सोचेर अघि बढ्नुपर्ने हुन्छ।सेनमोन गाक्कोमा २ वर्षको शुल्क करिब १४०-१६०मान सम्म लाग्न गाक्को अनुसार फरक-फरक पनि हुनसक्दछ ।

दाईगाकु大学): ४ वर्षे कोर्स सेमेस्टर प्रणाली अन्तर्गत सन्चालन हुने यस क्षेत्र तिर समय र पैसाको केहि बढि लागत लाग्न सक्छ तर दिर्घकालिन रुपमा भने बढि प्रभावकारिता हुन्छ।नेपालबाट +२ पास गरेर आएका विद्यार्थीहरुले दाईगाकु अध्ययन गर्न सक्ने हो भने जापानमा आफ्नो भविष्य अझ बढि सुरक्षित र सहज गराउन सकिन्छ। जापानको प्रावधान अनुसार दाईगाकु पास गरेका विद्यार्थीहरुलाई विभिन्न विषयवस्तु तथा क्षेत्रसँग सम्बन्धित कम्पनीहरुमा प्रवेश गर्न सहज हुने अवस्था हुने गर्दछ।दाईगाकुमा पनि विभिन्न विषयहरु IT,Global IT business,management ,Hotel and Tourism, Arts,Political Science तथा Business Law लगायत अन्य थुप्रै क्षेत्रहरुसँग सम्बन्धित विषयहरुको अध्ययन गर्न सकिन्छ।

सेनमोन तथा दाईगाकु छनोट पछिको प्रकृया :
प्रायजसो गाक्कोहरुले नतिजा दिईसकेपछि ३-६ हप्तासम्ममा पैसा (३०-४०)मान बैङ्क डिपोजिट गर्दिनु पर्ने हुन्छ र यो गाक्कोअनुसार फरक- फरक पनि हुने गर्दछ। धेरै जसो विद्यार्थीहरुको सेनमोन तथा दाईगाकु प्रवेशसँगै Visa Update गर्नु पर्ने भएकोले सकेसम्म नेपालबाट (College Fee )पैसा बैङ्क Transfer गरियो भने थप सहयोग पुग्दछ । सकेसम्म गाक्कोबाट डकुमेन्ट प्राप्त गरि आफ्नो पासपोर्ट र 在留カード को फोटोकपि सहित नेपाल पठाई आफ्नो सम्बन्धित ब्यक्तिलाई भनेर शिक्षा कार्यलयमा गई नयाँ NOC Letter बनाई गाक्कोको बैङ्क खातामा पैसा डिपोजिट गर्न सकियो भने धेरै राम्रो तर त्यो प्रकृयाबाट रकम डिपोजिट गर्न सकिएन भने जापनमा कुनै पेशामा आवद्ध भएको आफ्नो नजिअको व्यक्तिको बैङ्क खाताबाट रकम Transfer गरि फोटोकपि पनि बुझाउन सकिन्छ।
एक वर्षे कक्षा (सिनगाकु कोर्स)
 पछिल्लो समय जापानमा बढ्दो विदेशी विद्यार्थीहरुको चापले गर्दा सेनमोन तथा दाईगाकु प्रवेश परीक्षा पास गर्न नसकेका विद्यार्थीहरु पनि हुने गर्दछन त्यसैले उनिहरुले आफ्नो देश फर्किनु भन्दा एक वर्षे कोर्सको कक्षामा भर्ना भई दाईगाकु प्रवेश तयारीको कक्षा लिने गर्दछन। त्यसैले यस्तो अवस्था सिर्जना हुन नदिनको लागि जापानमा सुरुबाट नै भाषालाई विशेष प्राथमिकता दिन पनि जरुरी देखिन्छ।
त्यसैले सम्पुर्ण विद्यार्थीहरु यतिबेला यि सबै कुराहरुलाई बुझेर अघि बढ्नुपर्ने हुन्छ ।

सेनमोन तथा दाईगाकुमा मिहेनत गरेर सकेसम्म विदा नलिई राम्रोसँग पढ्न सकियो भने स्योउगाकोकिन 奨学金 (Scolarship) पनि पाउने सम्भावना बढि हुन्छ। आफ्नो अध्ययनसँगै JLPT 能力試験 (Ability Test Exam) लाई पनि प्राथमिकता दिने गरौँ। विशेषगरी आजभोलि Student Visa तथा Working Visa Update गर्ने बेला न्युउखानले खाकुनिन गर्ने सम्भावना धेरै रहेको हुन्छ, त्यसैले जापानको नियम अनुसार हप्ताको २८ घण्टा भन्दा बढि काम नगरि सुरक्षित भएर जापानको दिर्घकालिन बसाइलाई सुनिश्चित र सहज गर्ने प्रयास गरौँ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार